Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

पकहाँ मैनपुरमा आयआर्जन सम्बन्धी अभिमुखिकरण

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिकामा लैगिंक तथा घरेलु हिंसा न्युनिकरण बारे श्रीमान श्रीमती अन्तरक्रिया, सहकारीका महिला र सुनौलो हजार दिनका आमाहरुलाई आयआर्जन सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम बिहिबार सम्पन्न भएकाे छ ।

सबैको लागी पोषण सधैको लागी पोषण मुल नाराका साथ संचालित बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्तर्गत पकहाँ मैनपुर गाउँपालिकाकाे वडा नम्बर १ धोरेस्थित रेडक्रस भवनमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

गाउँ कार्यपालिका सदस्य रामबहादुर साह सोनारको अध्यक्षतामा भएकाे समापन समाराेहमा गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताले आमा र बच्चा दुबैलाई पाेषण जरुरी रहेकाे वताए ।

युनिसेफ नेपालको सहयोग र पकहाँ मैनपुर गाउँपालिकाको आयोजनामा भएकाे अभिमुखिकरण कार्यक्रममा पोषण सहजकर्ता गणेश राम र पोषण संयोजक प्रमुखले प्रशिक्षण दिएकाे स्थानिय सहकारी संस्थाका अध्यक्ष उमेश बैठाले जानकारी दिए ।

कार्यक्रममा सहकारीका महिला र सुनौलो हजारका ४० जनाको सहभागीता रहेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...