Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सामा पनि औद्योगिक ग्राम बनाउने सरकारकाे निर्णय

spot_img
spot_img

वीरगंज । संघिय सरकारले पर्साको जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ५ मसिहानीमा पनि औद्योगिक ग्राम बनाउने निर्णय गरेकाे छ । मंगलबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले पर्सा सहित देशका थप ६ जिल्लाका ७ स्थानमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको हो ।

यस अघि नै पर्सामा पनि औधाेगिक ग्राम बनाउने उद्याेग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले घाेषणा गरेका थिए । साेही घाेषणा अनुसार मन्त्री रिजाल कै पहलमा सरकारले अगामी आर्थिक बर्ष २०८०/०८१ मा औद्याेगिक ग्रामकाे लागि बजेट समेत छुट्याएकाे छ ।

पर्सासहित बाराको महागढीमाइ नगरपालिका ५, कालीकोट जिल्लाको रास्कोट नगरपालिका ६, सोही जिल्लाको नरहरिनाथ गाउँपालिका २, बाँकेको राप्तीसोनारी गाउँपालिका ४, पाल्पाको रम्भा गाउँपालिका ३ र अर्घाखाँचीको शीतगंगा गाउँपालिका १३ मा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो ।

‘एक स्थानीय तह एक औद्योगिक ग्राम’को नीतिअनुसार सरकारले यसअघि ११३ वटा स्थानमा औद्योगिक ग्राम घोषणा गरिसकेको छ । यीसहित अब देशका १२० स्थानमा औद्योगिक ग्राम बन्नेछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...