Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सामा पनि औद्योगिक ग्राम बनाउने सरकारकाे निर्णय

spot_img
spot_img

वीरगंज । संघिय सरकारले पर्साको जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ५ मसिहानीमा पनि औद्योगिक ग्राम बनाउने निर्णय गरेकाे छ । मंगलबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले पर्सा सहित देशका थप ६ जिल्लाका ७ स्थानमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको हो ।

यस अघि नै पर्सामा पनि औधाेगिक ग्राम बनाउने उद्याेग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले घाेषणा गरेका थिए । साेही घाेषणा अनुसार मन्त्री रिजाल कै पहलमा सरकारले अगामी आर्थिक बर्ष २०८०/०८१ मा औद्याेगिक ग्रामकाे लागि बजेट समेत छुट्याएकाे छ ।

पर्सासहित बाराको महागढीमाइ नगरपालिका ५, कालीकोट जिल्लाको रास्कोट नगरपालिका ६, सोही जिल्लाको नरहरिनाथ गाउँपालिका २, बाँकेको राप्तीसोनारी गाउँपालिका ४, पाल्पाको रम्भा गाउँपालिका ३ र अर्घाखाँचीको शीतगंगा गाउँपालिका १३ मा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो ।

‘एक स्थानीय तह एक औद्योगिक ग्राम’को नीतिअनुसार सरकारले यसअघि ११३ वटा स्थानमा औद्योगिक ग्राम घोषणा गरिसकेको छ । यीसहित अब देशका १२० स्थानमा औद्योगिक ग्राम बन्नेछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...