Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

 नारायणी अस्पतालमै मृगौला प्रत्यारोपण हुने

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको पहलमा नारायणी अस्पतालमै मृगौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ ।

मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने विषयमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक वरिष्ठ मृगौला तथा लिभर प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठसहितको टोलीसँग छलफल गर्दै नारायणी अस्पतालमै यस्तो सेवा सुरु गर्ने तयारी गरिएको हो ।

मंगलबार वीरगंज महानगरपालिका कार्यालयमा भएको छलफलमा नगर प्रमुख सिंहले मृगौला प्रत्यारोपण सेवा सुरु गर्न सबै प्रकारको भौतिक संरचना सहितको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् । वीरगंजसहित मधेस प्रदेशको मृगौला बिग्रिएको र डायलासिसमा रहेको बिरामीलाई प्रत्यारोपण गराउन हरसम्भव सहयोग गर्ने प्रमुख सिंहले बताए ।

नारायणी अस्पतालमा इन्फेक्सन नहुने गरि अपरेसन थियटर बन्न सुरु भएपछि यहाँ आवश्यक जनशक्तिलाई सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा तालीम दिने र राष्ट्रिय प्रत्यारोपण केन्द्रको चिकित्सक सहितको समुहले मृगौलाको प्रत्यारोपण सुरु गर्ने सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. श्रेष्ठले बताए ।

नारायणी अस्पतालको निरीक्षण आफूले गरेको र सबै मिलेर लागे केही महिना भित्रमा नै मृगौला प्रत्यारोपण हुन सक्ने निर्देशक डा.श्रेष्ठले बताए । नारायणी अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट डा. चित्तरन्जन साहले मृगौला प्रत्यारोपण केन्द्रको सहकार्यमा चाडै मृगौला प्रत्यारोपण सेवा सुरु गराउन आफूहरुले तयारी गरेको बताए ।

वरिष्ठ उद्योगपती तथा समाजसेवी अशोक बैद्यले नारायणी अस्पतालको भौतिक संरचना र सेवामा स्थानीय उद्योगी व्यवसायीले सहयोग गर्दै आएको र मृगौला प्रत्यारोपणको लागि पनि सहयोग गर्ने बताए ।

छलफलमा स्वास्थ विटको जानकार वरिष्ठ पत्रकार अतुल मिश्र, महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, हेल्थ टुडेका सम्पादक पदम राज जोशी, महानगरका प्रेस सल्लाहकार महेश दास, मृगौला प्रत्यारोपण केन्द्रका चिकित्सक र स्वास्थकर्मीहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दशैंमा पनि खुलेन पोखरिया र सखुवा प्रसौनीको खाता, कर्मचारी–शिक्षकको तलब अन्योलमा

वीरगंज । पर्साका दुई स्थानीय तहको बैंक खाता अझै सञ्चालनमा आउन नसक्दा पालिकाको आर्थिक कारोबार ठप्प भएको छ । पोखरिया नगरपालिका र सखुवा प्रसौनी...

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...