Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जिराभवानीकाे १२ औं गाउँ सभा : शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

spot_img
spot_img

वीरगंज । पर्साको जिराभवानी गाँउपालिकाको १२ औं गाउँ सभाबाट पारित आ.व. २०८०/०८१ काे नीति, कार्यक्रम तथा बजेट आइतबार सार्वजनिक गरिएकाे छ । गाउँपालिका वडा नं. ३ स्थित बरात भवनमा भएकाे कार्यक्रममा गाँउपालिका अध्यक्ष अनोज चौधरीले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३४ करोड ८० लाख रुपैयाको बजेट प्रस्तुत गरेका थिए ।

गाउँपालिका अध्यक्ष अनोज चौधरीले राजनितिकर्मीको निति लिएर बिकास कार्यक्रम गर्नुभन्दा समाजसेवी भएर बिकासको बाटोमा लाग्नु आवश्यक रहेको बताए । उनले बिकास कार्यमा बाधा अवरोध नगर्न अनुरोध गर्दै एकता बनाएर बिकासको बाटोमा लागे समृद्ध गाउँपालिका बनाउन सकिने बताए ।

अगामी आर्थिक बर्षकाे निति तथा कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरीले प्रस्तुत गरेका थिइन । आगामी आर्थिक बर्षकाे नीति तथा कार्यक्रममा जिराभवानी गाँउपालिकाले शिक्षा, कृषि, स्वास्थ्यलाई मूख्य प्राथमिकतामा राखिएकाे जनाएकाे छ ।

गाउँपालिकाले एक वडा एक माध्यमिक बिद्यालयको अवधारणा ल्याई हरेक, जाती, धर्म तथा समूदायका बालबालिकाहरुलाई शिक्षामा अनिवार्य पहुच गराउने निति ल्याएकाे प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले वताए । बिद्यालयमा रहेका बिद्यार्थीहरुको अनुपातमा शिक्षक दरबन्दी मिलान गरी गुणस्तर शिक्षा प्रदान गरिने निति यस बर्ष रहेकाे उनले जनाए ।

यसका साथै पर्यटन भित्रियाउन संभावित स्थान जिराभवानी मन्दिर, लाटोमाई, सुगिभार मन्दिर परिसरलाई बिकास गर्ने निति तथा कार्यक्रममा समेटिएकाे छ । साथै संभावित स्थानको मूल्याकंन गरी भ्यू टावरको निर्माण समेत गरिने याेजना रहेकाे छ ।

यसका अलावा पालिका भित्र रहेका मुख्य सडकलाई तीस फिट चौडा बनाईने, सडकको दाया बाया रहेका एलानी जग्गामा बृक्षारोपण गरिने जनाइएकाे छ । अगामी बर्षमा जिल्लाकै ठूलो खेल परसवा गोल्डकप आयोजना गरिने गाउँपालिकाले जनाएकाे छ ।

गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष रामशरण ख्वास, महादेव महतो थारु, सुरज राय, दारा सिंह राउत थारु, कार्यपालिका सदस्य सरोज चौरसिया, रुना माझी मुस्हर, बसन्ती देवी, लेखा प्रमुख मुकेश मिश्रा लगायतकाे उपस्थिति रहेका थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...