Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरिया नगरपालिकाकाे बजेट ४५ कराेड ८ लाख

spot_img
spot_img

जितेन्द्र यादव /

पाेखरिया । पोखरीया नगरपालिकाले आ.व. २०८०/०८१ को लागि रू.४५ करोड ८ लाख २ हजार बराबरकाे निति तथा कार्यक्रम प्रस्तुत गरेकाे छ । नगरपालिकाकाे सातौं नगर सभाको पहिलो बैठकबाट साे नीति तथा कार्यक्रम प्रस्तुत गरिएकाे हाे ।  

पोखरी नगरपालिकाका प्रमुख प्रदुमन चौहानको अध्यक्षतामा शुक्रबार भएकाे कार्यक्रममा उप प्रमुख रुबी कुमारी ठाकुरकाे तर्फबाट वडा नं.४ का वडाध्यक्ष लक्षमण साहले बजेट प्रस्तुत गरेका थिए ।

प्रस्तुत निति तथा कार्यक्रममा पुग्न बाँकी रहेकाे नगरपालिकाकाे वडाका केन्द्रसम्म ल्याण्डलाईन टेलिफोन सेवा विस्तार गरिने, स्थानीय पत्रपत्रिका तथा रेडियो संचालनलाई प्रोत्साहन गरिने, ३५ दिनभित्र जन्मेका बालिकाहरूको लागि नगरपालिकाबाट संचालनमा रहेको बालिका स्वर्ण बिमाको लागि आवश्यक कोषको व्यवस्था गरिने याेजना रहेकाे छ ।

यसैगरी पोखरीया नगरपालिकाका सम्पूर्ण वडालाई नि:शुल्क वाइफाईको सुविधाको व्यवस्था गरिने, नगरपालिकाको बजेट, प्रधानमन्त्री कार्यक्रमको लागि विनियोजन भएको बजेट र डिभिजन वन कार्यालयको समन्वयमा आव २०८०/०८१ मा १० हजार बिरूवा बृक्षारोपण गरिनेछ ।

यसैगरी, सुरक्षा व्यवस्था मिलाउन नगर प्रहरी भर्ना गरिनेछ र शान्ति सुरक्षा कायम गर्न पोखरीया बजार क्षेत्र भरी सि.सि.टिभी जडान गरिने र पोखरीया अस्पतालको ओपिडि टिकेट नि:शुल्क गरिनेछ ।

ब्लड व्यवस्थापन गर्न ब्लड बैंक सँग समझौता गर्नेछ कार्य अगाडी बढाइनुकाे साथै एकल महिला, बृद्ध, ज्येष्ठ नागरिक, दीर्घ रोगी, असहाय, गरिब, गर्भवती महिला र अपांगलाई नि:शुल्क रगत तथा एम्बुलेन्स सेवा प्रदान गरिने जनाइएकाे छ ।

शिक्षा तर्फ आवश्यक शिक्षक दरबन्दी मिलानको प्रक्रिया अगाडि बढाइने, छात्राहरूको उपस्थित दर बढाउन महिला र अपाङ्ग मैत्री शौचालय निर्माणमा जोड दिइने, कक्षा १० का विद्यार्थीका लागि नि:शुल्क टियुशन कक्षाको व्यवस्था गरिने, लोक सेवा, शिक्षक सेवा, प्रहरी सेवा र बैंकिङ सेवा तयारी कक्षा नि:शुल्क कक्षा संचालन गरिने याेजना पनि यस बर्ष रहेकाे नगर प्रमुख चाैहानले वताए ।

उनले कृषि मिटरको व्यवस्था अनुदानमा किशानलाई गरिनेकाे साथै कर्मचारी तथा जनप्रतिनिधि बीचको सम्बन्ध प्रगाढ बनाउन कर्मचारी र जनप्रतिनिधि बिच फुटबल खेलको आयोजना गरिने वताए ।

पाेखरिया नगरपालिकाकाे वडा नं. ४ स्थित शिवम् बंकेटमा भएकाे कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र सापकाेटा, लेखापाल मन्दिप महताे, नगर सभा सदस्यहरु, विभिन्न राजनितिक दलका प्रतिनिधि, कर्मचारी र संचारकर्मीकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम । बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता...

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज...

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी...