Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

पाेखरियामा ३५ जनाद्वारा रक्तदान

spot_img
spot_img

पोखरिया । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ सतवरियामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । पाेखरिया नगरपालिका वडा नं. ४ काे कार्यालयकाे आयाेजनामा भएकाे कार्यक्रममा ३५ जनाले रक्तदान गरेका हुन् ।

नेपाल रेडक्रस साेसाइटी उप शाखा पाेखरियाकाे भवनमा भएकाे कार्यक्रममा अनिल कुमार गिरी, रामप्रवेश प्रसाद यादव, आकाश कुमार साह, अखिलेश कुमार, अफताब आलम, जयप्रकाश ठाकुर, बिरा राम, रमेश महताे नुनिया, रमेश कुमार साह, राजेश साह कानु, ओमप्रकाश साह कानु, राज साह, गाेलु गुप्ता, राेशन प्रसाद साेनार, विशाल पासवान, अमरेश प्रसाद अहिर, रमेश प्रसाद राैनियार, आशिष कुमार ठाकुर लगायतकाले रक्तदान गरेकाे हुन् ।

पाेखरिया नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष लक्षण साह कानुको अध्यक्षता र पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चाैहानकाे प्रमुख आतिथ्यतामा भएकाे रक्तदान कार्यक्रममा उप मेयर रूबी कुमारी ठाकुर, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा, पूर्व मेयर दीपनारायण प्रसाद रौनियर, अजय कुमार श्रीवास्तव, रेडक्रॉस उप साखा पोखरियाका सभापति भगवान प्रसाद कुर्मी, वडाध्यक्ष प्रमोद गिरी, केदार महतो चाई, समाज सेवी गोरख साह कानु लगायतकाे उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि...

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...