Date
आइत, भदौ ७, २०८३
Sun, August 23, 2026

परवानीपुरमा दलित समुदायसंग छुवाछूतको भेदभाव कायमै

spot_img
spot_img

आनन्द पटेल/
परवानीपुर । बाराको परवानीपुर गाउँपालिका देशकै सब भन्दा सानो गाउँपालिका हो । जसको कुल जनसंख्या २२ हजार ७ सय ८७ रहेको छ । यो गाउँपालिकामा ५ वटा वडाहरू रहेको छ । यस गाउँपालिकामा विभिन्न जातीका मानिसहरूको बसोबास रहेको छ ।

यस गाउँपालिकामा हिन्दु, मुस्लिम, दलित लगायत अरुपनि जातीय समुदायका मानिसहरूको बसोबास रहेको छ । खासगरी दलीत समुदायका मानिसहरूले सबै जातका समुदायहरूसंग मिलेर साथ, सहयोग र सहकार्य गर्दै आएको पाइन्छ । तर उनीहरूसँग ती जातका मानिसहरू अहिले पनि छुवाछूतको दृष्टिले हेर्ने गरेको सत्य कुरा हाम्राे अगाडी रहेकाे छ ।

यो सब ब्यवहार मानौं दलितहरुको लागि अभीश्राप जस्तै भएको छ । आज यो संसार विज्ञानको मदतले धेरै अगाडि बढेको भए पनि अमानवीय ब्यवहारको कारण समाजमा बिकृती पनि फैलीएको छ । आजको यूगमा पनि मानिस मानिसबीच राम्रो समबन्ध नहुँदा समाजमा निक्कै समस्या उत्पन हुने गरेको छ ।

आज समाजा बिभिन्न बिकृती फैलीनुको प्रमुख कारण नै दलितहरु माथी गरिएको अमानवीय व्यवहार नै हो । हाम्रो देशको खासगरी मधेश प्रदेशको अधिकांश जिल्लाहरूमा दलितहरुको समस्या निक्कै पीडादायीक रहेको छ ।

परवानीपुर गाउँपालिकामा दलितहरु छुवाछूतको शिकार बन्दै गएका छन । चाहे त्यो धर्म सांस्कृतिकका कार्य होस, चाहे सामूहिक पूजापाठको कार्य नै किन नहोस दलितहरु जहिले पनि दुःख पाएकै छन ।

यस गाउँपालिकामा वडा नं ५ बहुअरी बस्ने हरिन्दर हजराले दलीत भएकै कारण आफूहरु सामाजिक कार्यहरूमा वञ्चित हुँदै आएको दुःखेसो पोखे । “ १० वर्ष अगाडि आफ्नै गाउँमा महायज्ञ हुँदा हामी दलितहरूलाई त्यसमा पूजा पाठ गर्नबाट वञ्चित गराईएको उनले स्मरण गरे “ ।

अर्का स्थानीय निर्वाचित दलीत महिला उषा देवी महराले भनिन “एउटा जनप्रतिनिधिको रूपमा आफू अपहेलित हुनु परेको बताइन् । उनले भनिन“ जनताले मलाई यति ठूलो बहुमतले जीताएको तर दलीत भएकै कारणले आफू जनताकाे लागि खासै केही गर्न नसकेको दुःखेसो पोखिन“ ।

यो परम्परालाई कसले तोडने, कहिले अन्त्य हुने चिन्ता सबैमा छ । यसैगरी अर्का स्थानीय महन्थ हजराले हामी दलीत समुदायका मानिसहरू सदियौं देखी हेपिदै आएको बताए । उनले अहिले पनि हामीले छोएको पानी ठूला समुदायका मानिसहरूले खान नमानेको बताए ।

यती मात्र होइन उनीहरूको घरमा जादा अलग नै बस्नु पर्ने नियम अहिले पनि यो समाजमा कायम रहेको र भाडाकुडा समेत अछुत हुने गरेको बताए । चाहे समाजमा कुनै समाजिक कार्य होस, वा कुनै ठूला वडा कार्यक्रमहरु नै किन नहोस त्यसमा दलितलाई समावेश गराईदैन ।

देशमा सरकारले यत्रो ठूलो नियम कानुन बनाए पनि समाजका ठूला अगुवाहरूले त्यसलाई पालना नगरेको र उनीहरूले आफ्नो वर्चस्व कायम गर्ने गरेको पाइन्छ । खासगरी बारा, पर्सा, रौतहट, र पूर्वका जिल्लाहरूमा यस्ता किसिमको घटनाहरू महिनौ पीछे घटदै गएको पाइन्छ ।

जातीय छुवाछूतको अपहेलना सम्बन्धी मुद्दामा धेरै मानिसहरू कानुनको फन्दामा परी सजाय भोगिरहेको तथ्यांक छ । तर छुवाछूतको समस्या अहिले पनि निर्मूल हुन सकेको छैन । खासगरी स्थानीय तहको सरकारले दलित समुदायको समस्या र सामाधानको उपाय पहिचानगरी कडाइका साथ कार्यान्वयन गर्न जरुरी रहेको देखिन्छ ।

यसमा अरु समुदायका मानिसहरूको पनि साथ र सहयोगको निक्कै जरुरी देखिन्छ । हामी मानिस होऔं हामी मानिस जस्तै बस्नुपर्छ । जातीय छुवाछूतको समस्यालाई सबै मिली अन्त्य गर्नुपर्छ भन्ने अहिलेको आवश्यकता हो । यस गाउँपालिकामा जातीय छुवाछूतको समस्या, बेरोजगारी, शिक्षा, बस्नको लागि बास स्थान लागायतका समस्याहरू बढी छन ।

अर्का एकजना युवाले आफू दलित भएको कारणले आफ्नै टोलका युवाहरुसँग खेल्न नहुने, संगै घुम्न नसक्ने लगायत विभिन्न अवसरहरुबाट वञ्चित हुनु परेको दुःखेसो पोखे । यस्ता रितीरिवाजलाई बन्द गर्न सके मात्र समाजमा एकरुपता आउने स्थानीय जतन महराले बताए । यो लडाईलाई जीत्न राजनीतिक दलहरुको ठुलो भुमीका हुने, उनीहरुको बुझाई रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...