Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

स्व. कलवारकाे सम्झनामा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । सानवी फाउन्डेसन अफ नेपालकाे आयाेजना शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजकाे आदर्शनगरस्थित मधुशाला फेमिली रेष्टुरेन्टमा भएकाे कार्यक्रममा एक महिलासहित ३१ जनाले रगतदान गरेका हुन् ।

रगतदान गर्नेहरुमा विवेक कुमार झा, विवेक साह, सशांक सिंह, युवराज गुप्ता, मल्बिन्दर कौर, ओमप्रकाश गुप्ता, अमरदिप साह, गोविन्द रौनियार लगायतका रहेकाे नेपाल रेडक्रस साेसाइटी पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।

सानवी फाउन्डेसन अफ नेपालकी अध्यक्ष सानु गुप्ताको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जले प्राविधिक सहयाेग गरेकाे थियाे ।

वीरगंजका युवा अभियन्ता स्वर्गीय विवेक कलवारकाे सम्झनामा रक्तदान कार्यक्रम गरिएको फाउन्डेसनकी अध्यक्ष गुप्ताले बताईन् । स्व. कलवारकाे केदारनाथकाे तिर्थ यात्राबाट फर्कने क्रममा सवारी दुर्घटनामा मृत्यु भएकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...