Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

साहिब दरबारकाे कार्यक्रममा १ सय ५५ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । साहिब दरबार वीरगंजकाे आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।  वीरगंजस्थित जैन धर्मशालामा भएको कार्यक्रममा ८ जना महिलासहित १ सय ५५ जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले शरिरको रगत तीन/तीन महिनामा त्यत्तिकै खेर जाने भएकोले रक्तदान गरि पुण्य कमाउन आग्रह गरे । रक्तदान गर्ने रक्तदाताहरुलाई मेयर सिंहले प्रमाणपत्र हस्तान्तरण समेत गरेका थिए ।

अत्याधिक गर्मीका कारण रक्तदान कार्यक्रममा कमी आउँदा केही समय यता वीरगंजमा रगतको कमि सृजना भएको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएकाे छ । रगत अभावमा यहाँका डेढ दर्जन अस्पतालमा भर्ना भएका बिरामीहरुको उपचारमा समस्या आउन थालेपछि साहिब दरबारले रगतको अभावलाई पूर्ति गर्न रक्तदान कार्यक्रम आयोजना गरेकाे संस्थाका अध्यक्ष उमेशलाल सहनीले बताए ।

रक्तदान कार्यक्रममा साहिब दरबारका संस्थापक सदस्य एवं समाजसेवी अन्नपूर्ण मानन्धर, वडा नम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, संस्थाकी कोषाध्यक्ष प्रेरणा श्रेष्ठ, प्रतिमा सिंह लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...