Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

साहिब दरबारकाे कार्यक्रममा १ सय ५५ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । साहिब दरबार वीरगंजकाे आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।  वीरगंजस्थित जैन धर्मशालामा भएको कार्यक्रममा ८ जना महिलासहित १ सय ५५ जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले शरिरको रगत तीन/तीन महिनामा त्यत्तिकै खेर जाने भएकोले रक्तदान गरि पुण्य कमाउन आग्रह गरे । रक्तदान गर्ने रक्तदाताहरुलाई मेयर सिंहले प्रमाणपत्र हस्तान्तरण समेत गरेका थिए ।

अत्याधिक गर्मीका कारण रक्तदान कार्यक्रममा कमी आउँदा केही समय यता वीरगंजमा रगतको कमि सृजना भएको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएकाे छ । रगत अभावमा यहाँका डेढ दर्जन अस्पतालमा भर्ना भएका बिरामीहरुको उपचारमा समस्या आउन थालेपछि साहिब दरबारले रगतको अभावलाई पूर्ति गर्न रक्तदान कार्यक्रम आयोजना गरेकाे संस्थाका अध्यक्ष उमेशलाल सहनीले बताए ।

रक्तदान कार्यक्रममा साहिब दरबारका संस्थापक सदस्य एवं समाजसेवी अन्नपूर्ण मानन्धर, वडा नम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, संस्थाकी कोषाध्यक्ष प्रेरणा श्रेष्ठ, प्रतिमा सिंह लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि...

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...