Date
शुक्र, असार १२, २०८३
Fri, June 26, 2026

गोल्डेन फ्युचरले मैनेजमेन्टकाे कक्षा संचालन गर्दै

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ११ श्रीपुरमा रहेको गोल्डेन फ्युचर कलेजले मैनेजमेन्टकाे कक्षा संचालन गर्ने भएको छ । कलेजले शुक्रबार पत्रकार सम्मेलन आयाेजना गरेर प्लस २ काे मैनेजमेन्टकाे कक्षा स‌ंचालन गर्न लागिएकाे जनाएकाे हाे ।

कलेजका संचालक डा. उमेश चौरसियाले वीरगंजको निरासापुर्ण शैक्षिक अवस्थालाई बदली शैक्षिक हबको रुपमा बिकाश गर्न प्रयोगात्मक, शिपमुलक, अनुसन्धानमुलक शिक्षा दिने उद्देश्यले कलेज स्थापना गरिएको जानकारी दिए ।

ठाकुर राम कलेजका पूर्व क्याम्पस प्रमुख समेत रहेका चाैरसियाले दक्ष अनुभवी शिक्षक शिक्षिकाको टिमबाट अध्यापनको व्यवस्था, हप्तामा एक दिन बुक फ्रि बनाई बिद्यार्थीहरुलाई प्रयोगात्मक पठन पाठन लगायतको व्यवस्था गरिएको जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतियाको निधन

वीरगंज । पर्साको कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतिया दुसादिनको असामयिक निधन भएको छ । कालिकामाई गाउँपालिकाले जारी गरेको शोक विज्ञप्तिअनुसार कार्यपालिका सदस्य दुसादिनको बुधबार राति...

प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने निर्णय फिर्ता लिन आम जनता पार्टी (आजपा)ले माग गरेको छ । आजपा...

वीरगंजमा हैजा पूर्वतयारी सुदृढीकरण कार्यशाला सुरु, महामारी नियन्त्रणमा समन्वय र तयारीमा जोड

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा “हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ तथा अनुभव...