Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

ठोरीकाे एक वर्षमा सवारी मर्मतमा साढे २४ लाख खर्च

spot_img
spot_img
वीरगंज । पर्साकाे ठोरी गाउँपालिकाले एक वर्षको अवधिमा सवारीसाधन मर्मतमा मात्रै साढे २४ लाख रुपैयाँ खर्च गरेको छ ।
 
महालेखा परीक्षकको कार्यलायले सार्वजनिक गरेको ठोरी गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक लेखापरिक्षणको प्रतिवेदन अनुसार, ठोरी गाउँपालिकाले एक वर्षको अवधिमा सवारीसाधन मर्मतमा मात्रै २४ लाख ४० हजार ७ सय ९ रुपैयाँ खर्च गरेको हो ।
 
कर्मचारीले प्रयोग गर्ने १२ थान मोटरसाइकल, दुई थान ट्रीपर, एक एक थान एक्साभेटर, ब्याकलोडर, रोलर, ट्याक्टर र चार पाङ्ग्रे टाटा गाडी लगायत ३६ वटा सवारीसाधन मर्मतका लागि ठोरी गाउँपालिका कार्यालयले उक्त रकम खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । गाउँपालिकाले यसरी औसतमा एउटा सवारीसाधन मार्फत गर्न झन्डै एक लाख रुपैयाँ खर्च गरेको देखिन्छ ।
 
‘पालिकाले उपलब्ध गराएको विवरण अनुसार ३६ सवारीसाधनको लागि मर्मत खर्च २४ लाख ४० हजार ७०९ गरे वापत एभरेजमा एउटा सवारीको लागि ९७ हजार ६२८ रुपैयाँ मर्मत खर्च भएको देखिएको छ’ महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
 
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमवाली, २०७७ बमोजिम सरकारी जिन्सी मालसामान हानी नोक्सानी नहुने गरी संरक्षण गर्ने र तिनीहरुको राम्रो सम्भार गरी वा चालू अवस्थामा राख्ने उत्तरदायित्व सम्बन्धित कार्यालय प्रमुखको हुन्छ ।
 
सोही बमोजिम कार्यालयमा रहेका चल्ती जिन्सी मालसामान मर्मत गर्नुपर्ने भएमा कार्यालय प्रमुखबाट मर्मत आदेश स्विर्कित गराइ मर्मत गरी खर्च लेख्ने र सोको मर्मत अभिलेख तयार गरी राख्नुपर्दछ । तर, ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठ र अन्य कर्मचारीले समेत नियम पालना गरेको देखिँदैन ।
 
ठोरी गाउँपालिकाले गरेको यस्तो अव्यवस्थित खर्चलाई नियन्त्रण गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव  दिएको छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

अबुजा/एपी । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा...

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको...

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति टाँडीबाट भरतपुरतर्फ...