Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

ठोरीकाे एक वर्षमा सवारी मर्मतमा साढे २४ लाख खर्च

spot_img
spot_img
वीरगंज । पर्साकाे ठोरी गाउँपालिकाले एक वर्षको अवधिमा सवारीसाधन मर्मतमा मात्रै साढे २४ लाख रुपैयाँ खर्च गरेको छ ।
 
महालेखा परीक्षकको कार्यलायले सार्वजनिक गरेको ठोरी गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक लेखापरिक्षणको प्रतिवेदन अनुसार, ठोरी गाउँपालिकाले एक वर्षको अवधिमा सवारीसाधन मर्मतमा मात्रै २४ लाख ४० हजार ७ सय ९ रुपैयाँ खर्च गरेको हो ।
 
कर्मचारीले प्रयोग गर्ने १२ थान मोटरसाइकल, दुई थान ट्रीपर, एक एक थान एक्साभेटर, ब्याकलोडर, रोलर, ट्याक्टर र चार पाङ्ग्रे टाटा गाडी लगायत ३६ वटा सवारीसाधन मर्मतका लागि ठोरी गाउँपालिका कार्यालयले उक्त रकम खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । गाउँपालिकाले यसरी औसतमा एउटा सवारीसाधन मार्फत गर्न झन्डै एक लाख रुपैयाँ खर्च गरेको देखिन्छ ।
 
‘पालिकाले उपलब्ध गराएको विवरण अनुसार ३६ सवारीसाधनको लागि मर्मत खर्च २४ लाख ४० हजार ७०९ गरे वापत एभरेजमा एउटा सवारीको लागि ९७ हजार ६२८ रुपैयाँ मर्मत खर्च भएको देखिएको छ’ महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
 
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमवाली, २०७७ बमोजिम सरकारी जिन्सी मालसामान हानी नोक्सानी नहुने गरी संरक्षण गर्ने र तिनीहरुको राम्रो सम्भार गरी वा चालू अवस्थामा राख्ने उत्तरदायित्व सम्बन्धित कार्यालय प्रमुखको हुन्छ ।
 
सोही बमोजिम कार्यालयमा रहेका चल्ती जिन्सी मालसामान मर्मत गर्नुपर्ने भएमा कार्यालय प्रमुखबाट मर्मत आदेश स्विर्कित गराइ मर्मत गरी खर्च लेख्ने र सोको मर्मत अभिलेख तयार गरी राख्नुपर्दछ । तर, ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठ र अन्य कर्मचारीले समेत नियम पालना गरेको देखिँदैन ।
 
ठोरी गाउँपालिकाले गरेको यस्तो अव्यवस्थित खर्चलाई नियन्त्रण गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव  दिएको छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...