Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

महानगरले शिक्षा क्षेत्रमा सुधार गरेको छ : मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले बालबालिकाहरुको भविष्यका लागि शिक्षा र समाजिक क्षेत्रमा सुधारको थालनी गरेको बताएका छन् ।

वीरगंज महानगरपालिकाको सहयोगमा सामुदायिक रेडियो नारायणी एफ.एम.१०३.८ मेगाहर्जले आयोजना गरेको ‘बालबालिकासँग मेयर’ कार्यक्रममा बोल्दै मेयर सिंहले आफूले वीरगंजकाे विकासका लागि शैक्षिक उपलब्धि भन्दा पनि दीर्घकालिन सोचका साथ काम गर्न खोजेको बताए ।

विगतका दिनमा सहीलाई सही र गलतलाई गलत भन्न नसकेकै कारणले वीरगंज विकासमा पछि परेको बताउँदै अहिलेका पुस्ताले सही कुरा गर्न कसैसँग डराउनुपर्ने आवश्यकता नरहेको बताए । उनले समाजमा भएको गलत क्रियाकलापहरुको खुलेर बोल्न र प्रतिवाद गरेर समाज परिवर्तनका लागि अगाडि आउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

बालश्रम, बालमैत्री शासनको विषयमा महानगरपालिकाले लिएको नीतिको बारेमा सहभागी बालबालिकाहरुले गरेको प्रश्नको जवाफ दिदै उनले बोलीमा भन्दा पनि व्यवहारमा देखिने काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विगतमा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको, बालमैत्री वडा घोषणा गरिएको भए पनि अहिले फेरी उस्तै अवस्था देखिएकोले त्यसलाई दीर्घकालिन रुपमा समाधान गर्न र सडक बालबालिकाहरुको लागि शिक्षा, स्वास्थ्य र भविष्यको विषयमा पनि महानगरपालिकाले जिम्मेवारीपूर्ण ढंगबाट काम गर्ने उनकाे भनाई थियाे।

नारायणी एफ.एम.का कार्यक्रम संयोजक शिवनाथ यादवले सहजीकरण गरेको कार्यक्रममा वीरगंजका विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...