Date
मङ्ल, भदौ ९, २०८३
Tue, August 25, 2026

टिबडेवालद्वारा २६ धुर जग्गा महानगरलाई दान

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्वर ८ का प्रेम कुमार टिबडेवालले २६ धुर जग्गा महानगरलाई हस्तान्तरण गरेका छन् । वीरगंज पब्लिक कलेज अगाडी रहेको मन्दिरसहितको जग्गा टिबडेवालले महानरलाई रजिष्ट्रेसन पास गरेर हस्तान्तरण गरेका हुन् ।

जिल्ला मालपोत कार्यालय पर्सामा मंगलबार रजिष्ट्रेसन पास गरेर टिबडेवालले महानगरलाई लालपुर्जा हस्तान्तरण गरेकाे वीरगंज महानगरपालिकाले जनाएकाे छ । मालपोतमा लाग्ने लाभकरसमेत आफैंले तिरेर टिबटेवालले अहिलेको बजार मूल्य अनुसार करिब ५ करोड भन्दा बढी मूल्यको जग्गा महानगरलाई दान गरेकाे महानगरका मेयरकाे सचिवालयले जनाएकाे छ ।

जग्गा हस्तान्तरण गर्दै टिबडेवालले खुला स्थान नरहेको स्थानमा नागरिकलाई सहज होस भनेर सार्वजनिक प्रयोगका लागि आफूहरुले महानगरको नाममा जग्गा उपलब्ध गराएको बताए । विगतमा सार्वजनिक हितका लागि नै मन्दिर बनाएर उक्त जग्गा प्रयोग भइरहेको र आउने दिनमा झनै व्यवस्थित गर्दै महानगरले पार्क बनाइदियोस भन्ने आफूहरुको धारणा रहेको पनि उनले वताए ।

‘हामीले त यो जग्गा पब्लिक प्रयोगकै लागि राख्ने भनेर पहिलेदेखि मन्दिर बनाएर छाडेका थियौँ,’ उनले भने, ‘त्यसलाई अझै व्यवस्थित बनोस भनेर अहिले महानगरलाई हस्तान्तरण गरेका हौँ ।’

महानगरको नाममा रजिष्ट्रेसन गरिएको जग्गा धनि पुर्जा ग्रहण गर्दै महानगरपालिकाका मेयर राजेशमान सिंहले सार्वजनिक हितका लागि जग्गा उपलब्ध गराउने जग्गा दाता टिबडेवाललाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कतिपय व्यक्ति सार्वजनिक जग्गा अतिक्रमण गरेर प्रयोग गर्न उद्धत भइरहेको अवस्थामा टिवडेवालले करोडौँ पर्ने जग्गा सार्वजनिक प्रयोगका लागि महानगरलाई दिनु सह्रानीय कार्य रहेको भन्दै सबैका लागि उदाहरणीय बन्नु भएको पनि बताए ।

वडा नम्वर ८ का वडाध्यक्ष रितेश कुमार गुप्ताको सक्रियतामा मंगलबार जग्गा दाता टिबडेवालले जग्गा नामसारी गरेर महानगरको नाममा रजिष्ट्रेसन गरेर हस्तान्तरण गरेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकारविरुद्ध विद्युतीय अपराध मुद्दा दर्ता गरिएकोप्रति समाजवादी प्रेस संगठन पर्साको आपत्ति

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि पन्त) सम्बन्धी प्रकाशित समाचारलाई लिएर सञ्चार संस्था तथा पत्रकारविरुद्ध विद्युतीय...

महावीर पुनको मस्यौदा : विज्ञान मन्त्रालयले अर्को NIC/NAST बनाउँदैछ ?

नेपालले पहिलोपटक विज्ञान, प्रविधि तथा नवप्रवर्तनको छुट्टै मन्त्रालय पायो, र त्यही मन्त्रालयले आफ्नो पहिलो ठोस कानुनी दस्तावेज — नियमावलीको मस्यौदा — सार्वजनिक गर्‍यो। यो...

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...