Date
शनि, जेष्ठ ९, २०८३
Sat, May 23, 2026

पर्साका पालिकाहरूको झण्डै ७ अर्ब बेरूजु

जितेन्द्र यादव /
पोखरिया । पर्साका पालिकाहरूको बेरूज रकम झण्डै ७ अर्ब पुगेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको २०७९ सालको वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुसार पर्सामा एक महानगरपालिका, तीन नगरपालिका र दश गाउँपालिका गरि १४ वटा स्थानीय तहको हालसम्मको अद्यावधिक बेरूजु रकम रू. ६ अर्व ९६ करोड ४७ लाख २८ हजार पुगेको हाे ।

चार नगरपालिकाहरू मध्ये वीरगंज महानगरपालिकाको सबैभन्दा बढी अद्यावधिक बेरूजु रू.३ अर्व ३४ करोड ६३ लाख २ हजार र पर्सागढी नगरपालिकाको सबैभन्दा कम अद्यावधिक बेरूजु रू.२७ करोड ८ लाख ७२ हजार पुगेको प्रतिवेदनबाट देखिएको छ ।

त्यसैगरी १० वटा गाउँपालिकाहरू मध्ये सबैभन्दा बढी अद्यावधिक बेरूजु जगरनाथपुर गाउँपालिकाको रू. ५५ करोड ४ लाख २० हजार र सबै भन्दा कम पकाहाँ मैनपुर गाउँपालिकाको बेरूजु रू. १३ करोड ५५ लाख ७५ हजार रहेको छ ।

पर्साका पालिकाहरूमा आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षणबाट असूल गर्नुपर्ने रकम रू. ३८ करोड १८ लाख ३६ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रू.५३ करोड ३४ लाख ९१ हजार, नियमित गर्नुपर्ने रू. २९ करोड ७५ लाख ५१ हजार, पेश्की रू.१५ कराेड ४५ लाख ८७ हजार गरि रू.१ अर्ब ३४ करोड ३३ लाख ८८ हजार बेरूज रहेको पाइएको छ ।

गत वर्षसम्मको बेरूजु रू.५ अर्ब ६३ करोड १२ लाख ५८ हजार रहेकोमा हालसम्मको बेरूजु रू. ६ अर्ब ९६ करोड ४७ लाख २८ हजार रहेको छ । प्रतिवेदन अनुसार अधिकांश पालिकाहरू असूल गर्नुपर्ने रकम फर्छयौट गर्न पहल गरेको देखिदैन ।

वीरगंज महानगरपालिका
महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको २०७९ सालको वार्षिक प्रतिवेदन अनुसार आ.व. २०७८/०७९ को लेखापरीक्षणबाट वीरगंज महानगरपालिकाकाे रू. ६७ करोड ७८ लाख १० हजार बेरूजु रहेको देखिएको छ । महानगरपालिकाको बाँकी बेरूजु असूल गर्नुपर्ने रू. २४ करोड ९ लाख ७० हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रू. २२ करोड ५३ लाख ५८ हजार, नियमित गर्नुपर्ने रू.१२ करोड ३८ लाख ५४ हजार, पेश्की रू. ८ करोड ७६ लाख २८ हजार रहेको छ । महानगरपालिकाको गत वर्षसम्मको बेरूजु रू. २ अर्ब ६६ करोड ८४ लाख ९२ हजार रहेकोमा हालसम्मको अद्यावधिक बेरूजु रकम रू. ३ अर्व ३४ करोड ६३ लाख २ हजार रहेको छ ।

बहुदरमाई नगरपालिका
लेखापरीक्षणबाट बहुदरमाई नगरपालिकाको रू.५ करोड ३५ लाख ३ हजार बेरूज रहेको देखिएको छ । बाँकी बेरूजु असूल गर्नुपर्ने रू. ६७ लाख ७७ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रू. २ करोड ७६ लाख ४० हजार, नियमित गर्नुपर्ने रू.१ करोड ९० लाख ८६ हजार र पेश्की शुन्य रहेको छ । पालिकाको गत वर्षसम्मको बाँकी बेरूजु रू. २६ करोड १२ लाख ४ हजार रहेकोमा हालसम्मको अद्यावधिक बेरूजु रू.३१ करोड ४७ लाख ७ हजार रहेको छ ।

पर्सागढी नगरपालिका
आर्थिक वर्ष २०७८/०७९ को वार्षिक लेखापरीक्षणबाट पर्सागढी नगरपालिकाको रू. ४ करोड ६२ लाख ३८ हजार बेरूजु देखिएको छ । बाँकी असूल गर्नुपर्ने रू. १ करोड ३४ लाख २४ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रू. २ करोड ६९ लाख ८० हजार, नियमित गर्नुपर्ने रू. ६ लाख २५ हजार र पेश्की रू. ५२ लाख ८ हजार रहेको छ । नगरपालिकाकाे गत वर्षसम्मको बेरूजु रू.२२ करोड ४६ लाख ३४ हजार रहेकोमा हालसम्मको अद्यावधिक बेरूजु रू.२७ करोड ८ लाख ७२ हजार रहेको छ ।

पोखरीया नगरपालिका
आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षणबाट पाेखरिया नगरपालिकाकाे बेरूजु रू.८ करोड ५६ लाख ३३ हजार, असूल गर्नुपर्ने रू. ६४ लाख ६५ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रू.३करोड ५३ लाख ६ हजार, नियमित गर्नुपर्ने रू. १ करोड ९६लाख ८९ हजार, पेश्की रू. २ करोड ४१ लाख ७३ हजार रहेको छ । नगरपालिकाकाे गतवर्षसम्मको बाँकी बेरूजु रू. ३१ करोड ७८ लाख ९८ हजार रहेकोमा हालसम्मको अद्यावधिक बेरूजु रू.४० करोड ३५ लाख ३१ हजार रहेको छ ।

छिपहरमाई गाउँपालिका
आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षणबाट छिपहरमाई गाउँपालिकाकाे रू.२ करोड ६४ लाख ७७ हजार बेरूजु देखिएको छ । असूल गर्नुपर्ने रू. ६३ लाख १२ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रू. ४५ लाख ३३ हजार, नियमित गर्नुपर्ने रू. १ करोड ५६ लाख ३२ हजार रहेको छ । गाउँपालिकाको गत वर्षसम्मको रू.२२ करोड ८९ लाख ९९ हजार बेरूजु बाँकी रहेकोमा सम्मपरीक्षणबाट रू २ लाख ५ हजार फर्छ्यौट भई हालसम्मको अद्यावधिक बेरूजु रू.२५ करोड ५२ लाख ७१ हजार रहेको छ ।

सखुवा प्रसाैनी गाउँपालिका
सखुवा प्रसाैनी गाउँपालिकाको आ.व. २०७८/०७९ को लेखापरीक्षण बाट असूल गर्नुपर्ने रू. ८४ लाख ८१ हजार , प्रमाण कागजात पेश गर्नुपर्ने रू.१ करोड ९७ लाख ७० हजार , नियमित गर्नुपर्ने रू.१ करोड ४९ लाख २४ हजार , पेश्की रू. ६७ लाख ५५ हजार गरी बेरूजु रू.४ करोड ८१ लाख ३० हजार रहेको छ । गत वर्षसम्मको बेरूजु रू.२७ करोड ८२ लाख ३२ हजार रहेकोमा हालसम्मको अद्यावधिक बेरूजु रू.३२ करोड ६३ लाख ६२ हजार रहेको छ ।

धोबिनी गाउँपालिका
आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षणबाट धाेबिनी गाउँपालिकाे असूल गर्नुपर्ने रू.१ करोड १ लाख ९५ हजार, कागजात पेश गर्नुपर्ने रू. १० लाख ९८ हजार, नियमित गर्नुपर्ने रू. १ करोड ६७ लाख ९८ हजार, पेश्की रू.२८ लाख ४२ हजार गरी बेरूजु रू. ३ करोड ९ लाख ३३ हजार रहेको छ । गत वर्षसम्मको बेरूजु रू. २० करोड ३२ लाख ६० हजार रहेकोमा हालसम्मको अद्यावधिक बेरूजु रू. २३ करोड ४१ लाख ९३ हजार रहेको छ ।

कालिकामाई गाउँपालिका
कालिकामाई गाउँपालिकाको आव २०७८/०७९ को लेखापरीक्षणबाट असूल गर्नुपर्ने रू. ७२ लाख ९५ हजार , कागजात पेश गर्नुपर्ने रू.२ करोड ८० लाख ३० हजार, नियमित गर्नुपर्ने रू.३८ लाख ५९ हजार पेश्की रू. ४५ लाख ९ हजार गरी बेरूजु रू.५ करोड १३ लाख २८ हजार रहेको छ । गत वर्षसम्मको बेरूजु रू. १२ करोड १६ लाख २९ रहेकोमा हालसम्मको अद्यावधिक बेरूजु रू.१६ करोड ५३ लाख २२ हजार रहेको छ ।

ठोरी गाउँपालिका
ठाेरी गाउँपालिकाको आव २०७८/०७९ को लेखापरीक्षण बाट असूल गर्नुपर्ने रू. ३७ लाख ९८ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रू. १ करोड ५२ लाख ३७ हजार, नियमित गर्नुपर्ने रू. ५८ लाख ६४ हजार, पेश्की रू. २४ लाख ५० हजार गरी बेरूजु रू.२ करोड ७३ लाख ४९ हजार रहेको छ । गत वर्षसम्मको बेरूजु रू.२२ करोड ११ लाख ७९ रहेकोमा अद्यावधिक बेरूजु रू. २४ करोड ८५ लाख २८ हजार रहेको छ ।

जीराभवानी गाउँपालिका
आव २०७८/०७९ को लेखापरीक्षणबाट जिराभवानी गाउँपालिकाकाे असूल गर्नुपर्ने रू. ६० लाख ९० हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रू. २ करोड ७४ लाख ७३ हजार, नियमित गर्नुपर्ने रू. १ करोड ५७ लाख ४१ हजार, पेश्की रू. १७ लाख ३१ हजार गरी बेरूजु रू.५ करोड १० लाख ३५ हजार रहेको छ । गत वर्षसम्मको बेरूजु रू. २६ करोड ८९ लाख ५८ हजार रहेकोमा अद्यावधिक बेरूजु रू. ३१ करोड ९९ लाख ९३ हजार रहेको छ ।

बिन्दबासनी गाउँपालिका
बिन्दवासिनी गाउँपालिकाकाे आव २०७८/०७९ को लेखापरीक्षणबाट असूल गर्नु पर्ने रू. ५० लाख ३८ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रू. ७७ लाख ६७ हजार, नियमित गर्नुपर्ने रू.४१ लाख ९३ हजार, पेश्की रू. १ लाख ५० हजार गरी बेरूजु रू.१ करोड ७१ लाख ४८ हजार रहेको छ । गत वर्षसम्मको बाँकी बेरूजु रू. १९ करोड ३६ लाख ५९ हजार रहेकोमा अद्यावधिक बेरूजु रू. २० करोड ८७ लाख २७ हजार रहेको छ ।

पकहाँ मैनपुर गाउँपालिका
पकहाँ मैनपुर गाउँपालिकाको आव २०७८/०७९ को लेखापरीक्षणबाट असूल गर्नुपर्ने रू.५४ लाख ७५ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रू. १ करोड २२ लाख ३८ हजार, नियमित गर्नुपर्ने रू.८० लाख १४ हजार, पेश्की रू १९ लाख ५० हजार गरि बेरूजु रू.२ करोड ७६ लाख ७७ हजार रहेको छ । गत वर्षसम्मको बेरूजु रू.१० करोड ७८ लाख ९८ हजार रहेकोमा हालसम्मको अद्यावधिक बेरूजु रू. १३ करोड ५५ लाख ७५ हजार रहेको छ ।

पटेर्वा सुगौली गाउँपालिका
पटेर्वा सुगाैली गाउँपालिकाकाे आव २०७८/०७९ को लेखापरीक्षणबाट बाँकी असूल गर्नुपर्ने रू.५४ लाख २३ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रू. १ करोड १२ लाख ५९ हजार, नियमित गर्नुपर्ने रू.२ करोड ७५ लाख ७४ हजार, पेश्की रू.७३ लाख ८३ हजार गरी बेरूजु ५ करोड १७ लाख २४ हजार रहेको छ । गत वर्षसम्मको बेरूजु रू. १३ करोड ३१ लाख ९१ हजार रहेकोमा अद्यावधिक बेरूजु रू. १८ करोड ४९ लाख १५ हजार रहेको छ ।

जगरनाथपुर गाउँपालिका
जगरनाथपुर गाउँपालिकाको आव २०७८/०७९ को वार्षिक लेखापरीक्षण बाट रू. १४ करोड ८४ लाख ३ हजार बेरूजु देखिएको छ । गाउँपालिकाको बाँकी असूल गर्नुपर्ने रू.२ करोड ६० लाख ९५ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रू.९ करोड ८ लाख २ हजार, नियमित गर्नुपर्ने रू.२ करोड १६ लाख ९८ हजार र पेश्की बाँकी रू.९८ लाख ८ हजार रहेको छ । गाउँपालिकाको गत वर्षसम्मको बाँकी बेरूजु रू.४० करोड २० लाख १७ हजार रहेकोमा अद्यावधिक बेरूजु रू.५५ करोड ४ लाख २० हजार रहेको छ ।

पालिकाहरूको बेरूजु रकम फर्छ्यौट गर्ने गराउने जिम्मेवारी पालिका प्रमुख प्रशासकीय अधिकृतहरूको रहेको भएपनि अधिकृतहरूले पालिकाका बेरूजु फर्छ्यौट गर्न गराउन पहल गरेको देखिदैन ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुरमा रास्वपाको प्रथम भेला सम्पन्न, प्रशुराम साह बने गाउँपालिका सभापति

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जगरनाथपुर गाउँपालिकामा प्रथम गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले प्रशुराम साहको नेतृत्वमा ११...

रास्वपा बाराको बैठकमा कुटाकुट, दुई नगर सभापतिसहित तीन जना घाइते

कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको विस्तारित बैठक शनिबार तनावग्रस्त बनेको छ । कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित बैठकमा संस्थापन पक्ष र संस्थापक...

सांसद नरेन्द्र साहको राजनीतिक सल्लाहकारमा जेनजी अर्जुन शाह नियुक्त

वीरगंज । सर्लाहीको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्र साहले पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ निवासी जेनजि अर्जुन शाहलाई आफ्नो राजनीतिक सल्लाहकार (Political...