Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

भोलेन्टियरको कार्यक्रममा ३० जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । भोलेन्टियर समूह वीरगंजकाे आयोजनामा सोमबार  आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगंजस्थित मधूशाला फेमिली रेस्टुराँमा भएको कार्यक्रममा ३० जनाले रक्तदान गरेका हुन् ।

वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा केही समूहका रगतको आभाव सृजना भएपछि भोलेन्टियर समूहले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ६ महिलासहित ३० जनाले रक्तदान गरेको समूहका संयोजक राजन श्रीवास्तवले जानकारी दिए ।

कार्यक्रममका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले रक्तदान महादान भएको जिकिर गर्दै उमेर र योग्य सबैले रक्तदान गर्नुपर्ने बताए । रक्तसञ्चार केन्द्र वीरगञ्जले पर्सा मात्र नभइ छिमेकी जिल्लासहित भारतसमेतका विरामीलाई रगत उपलब्ध गराइरहेको उल्लेख गर्दै मेयर सिंहले केन्द्रको भण्डारण क्षमता बढाउनु पर्ने बताए । उनले यसका लागि महानगर समन्वय गर्न तयार गरेको बताए ।

आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेकोमा भोलेन्टियर समूहका सदस्यहरुलाई धन्यवाद दिँदै अन्य सङ्घसंस्थाहरुले पनि समूहबाट सिक्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि ब्लड डोनर्स एसोसीएसन पर्साका अध्यक्ष एवम् वरिष्ठ सञ्चारकर्मी सत्रुधन नेपाल जेठ ३१ गते विश्व रक्तदाता दिवसको अवसरमा संस्थाले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागिता जनाउन आग्रह गरे । उनले दिवसको अवसरमा २०७९ वैशाखदेखि चैतसम्म सय पिन्टभन्दा बढी रक्तदान गर्ने सङ्घसंस्था, वर्षमा दुई वा सोभन्दा बढी पटक रक्तदान कार्यक्रम गर्ने सङ्घसंस्था, वर्षमा चारपटक रक्तदान गर्ने व्यक्ति, आकस्मिक रक्तदाता, आकस्मिक दुर्लभ रक्तदाता, रक्तदान कार्यक्रमका सहयोगीहरूलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

समूहका संयोजक राजन श्रीवास्तवको सभापतित्वमा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रदीप चौरसिया, मेयर सिंहका प्रेस सल्लाहकार महेश दास, ब्लड डोनर्स एसोसीएसनका सचिव अरविन्द सिंह, अभिभावक सङ्घ पर्साका अध्यक्ष सन्दीप साह, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, युवा अभियन्ता रवी यादव, भोलेन्टियर समूहका श्याम सर्राफ, किसु सर्राफ, बिक्की सर्राफ, सौर्या सर्राफ, राधेश्याम गुप्ता, कमलेश कुशवाह, दिनेश कुशवाह, रामविनय गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रम सञ्चालन गर्न रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ राज पाण्डेसहितको टोलीले प्राविधिक सहयोग गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...