Date
शुक्र, असार १२, २०८३
Fri, June 26, 2026

सिद्धार्थ माविकाे व्यवस्थापन समिति गुपचुप गठन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १५ पिपरा स्थित श्री सिद्धार्थ माध्यमिक बिद्यालयका प्रधानाध्यापक राजेश्वर पाण्डे र वीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रतिनिधि हरि राउत कुर्मीले बिद्यालयमा मनोपरी गरेको अभिभावकहरुले आरोप लगाएका छन् ।

विद्यालयकाे जेठ २१ गते नयाँ व्यवस्थापन समिति गठनको लागि अभिभावक भेला वोलाइएकोमा भेलामा बिवाद भएपछि २३ गते छलफल गरी निर्णय गर्ने सहमती बनेको थियो । तर २३ गते बिवान ८ बजे अभिभावकहरु एक समुह स्कुल पुग्दा व्यवस्थापन समिति गठन भइसकेको जानकारी पाएपछि अभिभावकहरु आचर्यमा परेका छन् ।

स्कुलका प्रधानाध्यापक पाण्डे, वडाअध्यक्ष महबुब एलाही र वीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रतिनिधि कुर्मीको एकल मिलोमतोमा अभिभावकलाई जानकारी नै नदिई २२ गते राती गुपचुप तरिकाले २१ गतेकै मितिमा माइनेटिङ्ग किर्ते गरी चार जना सदस्यहरुको नाम थप गरी बिरेन्द्र सघाईको अध्यक्षतामा व्यवस्थापन समितिलाई पुर्णता दिइएको अभिभावहरुको भनाई छ ।

२१ गते भएको अभिभावक भेलामा सघाई बाहेक सबै सदस्यहरुको नाममा बिवाद सृजना भएपछि अर्को भेला २३ गते गर्ने र सो भेलाबाट समितिलाई पुर्णता दिने सहमती बनेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतियाको निधन

वीरगंज । पर्साको कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतिया दुसादिनको असामयिक निधन भएको छ । कालिकामाई गाउँपालिकाले जारी गरेको शोक विज्ञप्तिअनुसार कार्यपालिका सदस्य दुसादिनको बुधबार राति...

प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने निर्णय फिर्ता लिन आम जनता पार्टी (आजपा)ले माग गरेको छ । आजपा...

वीरगंजमा हैजा पूर्वतयारी सुदृढीकरण कार्यशाला सुरु, महामारी नियन्त्रणमा समन्वय र तयारीमा जोड

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा “हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ तथा अनुभव...