Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

अने किसान महासंघकाे प्रदेश अधिवेशन वीरगंजमा हुँदै

spot_img
spot_img

वीरगंज । अखिल नेपाल किसान महासंघ मधेश प्रदेश कमिटीको प्रथम अधिबेशनको तयारी सम्बन्धी बैठक सोमबार सम्पन्न भएको छ । महासंघका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज उमेश गुप्ताको अध्यक्षतामा सम्पन्न बैठकमा भोली माङलबार वीरगञ्जको रानीसती अथिती सदनको हुने प्रथम अधिवेशनको तयारी पूरा भएको जनाइएकाे छ ।

साथै उक्त अधिवेशन भब्यताका साथ सम्पन्न गर्ने निर्णय पनि भएको छ । भोलिको अधिवेशनको समुद्घाटन नेकपा एमाले पार्टीका केन्द्रिय सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुबिर महासेठले  गर्ने कार्यक्रम रहेकाे महासंघ इन्चार्ज गुप्ताले जानकारी दिए ।

कार्यक्रममा मधेश प्रदेशबाट करिब २०० जनाको सहभागिता रहने महासंघका केन्द्रीय महासचिव बाबुराम थापाले जानकारी दिए । साथै भोलिको अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने र सो कमिटीले यस प्रदेशमा रहेका किशानको मुख्य समस्याको रूपमा रहेको खाद, मल, सिंचाई, बिउ, उत्पादनका मूल्य लगायतका समस्याहरूलाई जोरदार रूपमा उठाउने महासचिव थापाले जानकारी दिए ।

बैठकमा महसंघका केन्द्रीय अध्यक्ष प्रेम दुङ्गाल, उपाध्यक्ष राजकुमार उप्रेती, नेकपा एमाले पार्टीका पर्सा जिल्ला संयोजक डा. विशम्बर शर्मा, एमाले वीरगंज महानगर सचिव सुन्दर कुर्मी, खेलकुद महासंघका केन्द्रीय सचिव शिवजी गुप्ता, स्थाई कमिटी सदस्य भोला यादव, राजाराम यादव, कमला खरेल उप्रेती , केन्द्रीय सदस्यहरु अमल यादव, मनोज कुशवाहा, सरिता गिरी, शोभा लामा लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...