Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

अने किसान महासंघकाे प्रदेश अधिवेशन वीरगंजमा हुँदै

spot_img
spot_img

वीरगंज । अखिल नेपाल किसान महासंघ मधेश प्रदेश कमिटीको प्रथम अधिबेशनको तयारी सम्बन्धी बैठक सोमबार सम्पन्न भएको छ । महासंघका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज उमेश गुप्ताको अध्यक्षतामा सम्पन्न बैठकमा भोली माङलबार वीरगञ्जको रानीसती अथिती सदनको हुने प्रथम अधिवेशनको तयारी पूरा भएको जनाइएकाे छ ।

साथै उक्त अधिवेशन भब्यताका साथ सम्पन्न गर्ने निर्णय पनि भएको छ । भोलिको अधिवेशनको समुद्घाटन नेकपा एमाले पार्टीका केन्द्रिय सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुबिर महासेठले  गर्ने कार्यक्रम रहेकाे महासंघ इन्चार्ज गुप्ताले जानकारी दिए ।

कार्यक्रममा मधेश प्रदेशबाट करिब २०० जनाको सहभागिता रहने महासंघका केन्द्रीय महासचिव बाबुराम थापाले जानकारी दिए । साथै भोलिको अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने र सो कमिटीले यस प्रदेशमा रहेका किशानको मुख्य समस्याको रूपमा रहेको खाद, मल, सिंचाई, बिउ, उत्पादनका मूल्य लगायतका समस्याहरूलाई जोरदार रूपमा उठाउने महासचिव थापाले जानकारी दिए ।

बैठकमा महसंघका केन्द्रीय अध्यक्ष प्रेम दुङ्गाल, उपाध्यक्ष राजकुमार उप्रेती, नेकपा एमाले पार्टीका पर्सा जिल्ला संयोजक डा. विशम्बर शर्मा, एमाले वीरगंज महानगर सचिव सुन्दर कुर्मी, खेलकुद महासंघका केन्द्रीय सचिव शिवजी गुप्ता, स्थाई कमिटी सदस्य भोला यादव, राजाराम यादव, कमला खरेल उप्रेती , केन्द्रीय सदस्यहरु अमल यादव, मनोज कुशवाहा, सरिता गिरी, शोभा लामा लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...