Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

मिडिया फेलोशिप बारे अभिमुखीकरण

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले पत्रकार तथा सञ्चारकर्मीहरूले सधैँ सकारात्मक सोच राखी प्रत्यक्ष कुराभन्दा परसम्म पुगेर शोषण वा अधिकार हननका संकेतको खोजी गर्नुपर्ने बताएका छन् ।

हाम्रो अभियान पर्साले साेमबार वीरगंजमा आयोजना गरेको मिडिया फेलोशिप बारे एक दिने अभिमुखीकरण कार्यक्रममा उनले यस्तो वताएका हुन् । कार्यक्रममा बोल्दै उनले पत्रकारिता पेशामा आउनेलाई र पुराना काम गरिरहेका पत्रकार तथा सञ्चारकर्मीहरुलाई औपचारिक कार्यक्रमका समाचार भन्दा पनि खोज पत्रकारितामा लागेर वास्तविक मुद्दामा लाग्न आवश्यक रहेको औल्याए ।

सामाजिक अभियन्ता प्रकाश थारुले सञ्चारले गर्दा नै आफुहरु समाजमा चिनाएको वताए । सञ्चारकर्मीले गर्दा समाज र जनताको समस्या थाहा पाएर हामी सामाजिक अभियन्तालाई समाधान गर्नमा सहयोग पुगेको बताए ।

सञ्चारकर्मीहरु अहिले राजनितिमा बढी ध्यान केन्द्रित गरेको हुँदा समाजमा रहेका दलित, जनजाति तथा सिमान्तीकृत सामुदायका समस्या खुलेर आउन नसकेको बताए ।

दलित महिलाकी अगुवा निला रामले अहिले पनि समाजमा दलित र एकल महिलाहरुलाई विभेद भईरहेको बताइन । उनले सरकारले छुवाछुत भेदभाव गर्न नमिल्ने कानुनी अपराध भए पनि सामुहिक पुजापाठमा उपल्लो जातका व्यक्तिबाट विभेद भईरहेको दुखेसो सुनाइन ।

यु.एस.एड./सिभिल सोसाईटी एण्ड मिडिया, द एसिया फाउन्डेशनको सहयोगमा हाम्रो अभियान पर्साले ल्याएको यस फेलोशिप कार्यक्रमबाट अवश्य नै खोज पत्रकारिताको विकास गर्ने विश्वास आफुहरुले लिएको कार्यक्रममा सहभागी अन्य वक्ताहरुले बताए ।

अभिमुखीकारण कार्यक्रममा फेलिोशिपका लागी छनौट गरिएका पर्सा, बारा, रौतहटका गरी १० जनाको सहभागिता रहेको थियो । फेलोशिप कार्यक्रमका प्रोग्राम अफिसर सालमा खातुनले सहभागीहरुलाई कार्यक्रमबारे विस्तृत जानकारी गराएकी थिइन ।

सो अवसरमा आयोजक संस्था हाम्रो अभियान पर्साका कार्यकारी निर्देशक शिवनाथ यादव लगायत प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...