Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

रोटरी र रोट्रयाक्टकाे आयाेजनामा स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिस र रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसकाे संयुक्त आयाेजनामा शनिबार नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

वीरगंज महानगरपालिका वडा – २६ आठराहा सुगौलीमा भएकाे शिविरमा २ सय ८८ जनाले स्वास्थ्य परिक्षण गराएकाे रोट्रयाक्ट क्लब अफ वीरगंजका चार्टर अध्यक्ष प्रकाश कर्णले जानकारी दिए ।

शिविरमा त्रिलोकी क्लिनिक वीरगंजका विशेषज्ञ चिकित्सक डा. सिभ कुमार झा, किरण आँखा अस्पतालका टिम र डा. अमर क्याल, सहारा डेन्टल केयर वीरगंजका डा. एहसान आलम अन्सारीले विरामीहरुकाे स्वास्थ्य परिक्षण गरेका थिए ।

शिविरमा वीरगंज महानगरपालिका वडा २६ आठराहा सुगौलीका अध्यक्ष शम्भु मिश्रा लगायतकाे उपस्थिती रहेकाे थियाे । शिविरमा नेशनल मेडिकल कलेजका एमबीबीएस अध्यनरत विद्यार्थीहरुले प्राविधिक सहयाेग गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...