Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

ताैल ढाँटेर मल बेच्ने थारु धराैटीमा रिहा

spot_img
spot_img

वीरगंज । कम ताैल गरी मल बिक्री गरेकाे आराेपमा पक्राउ परेका सहकारी संचालक धराैटीमा रिहा भएका छन् । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ८ हरपुरबाट पक्राउ परेका बनहरबाबा कृषि सहकारी संस्था पर्सागढी नगरपालिका वडा नं. ५ का संचालक विनाेद चाैधरी थारु धराैटीमा रिहा भएका हुन् ।

मंगलबार पक्राउ गरिएका थारुलाई रु ३ लाख ५८ हजार ५०० धराैटीमा बुधबार छाेडिएकाे गुणस्तर तथा नापताैल कार्यालय वीरगंजका अनुसन्धान अधिकृत संजिव कुमार ठाकुरले जानकारी दिए । सरकारी वकीलकाे प्रतिवेदन आइसकेपछि उनलाई अदालत पेश गरिने अनुसन्धान अधिकृत ठाकुरले वताए ।

उनी विरुद्ध नापताैल कसुरमा कारवाही अगाडी बढाइएकाे वताउँदै अधिकृत ठाकुरले कसुर ठहर भए ३ बर्ष सम्म कैद र ३० हजार जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेकाे वताए । 

इलेक्ट्राेनिक तराजुलाई नै बनाएर यर्थात ताैल भन्दा कम ताैल गरेर डिएपी मल बिक्री गरिरहेका अवस्थामा मंगलबार थारु पक्राउ परेका थिए ।

स्थानियहरुका अनुसार उनले बिक्री गरेकाे ३० किलाे मल अरु तराजुमा ताैल गर्दा २६ केजी मात्र भएकाे पाइएपछि मल लिन पुगेका कृषिकहरु हुहल्ला गर्दै इलाका प्रहरी कार्यालय एकटांगालाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय एकटा‌ंगाबाट पुगेकाे प्रहरीले उनलाई नियन्त्रणमा लिएकाे थियाे ।

उनले प्रयाेग गर्दै आएकाे इलेक्ट्राेनिक तराजुमा १० केजी ताैल गर्दा १३ केजी र २० केजी ताैल गर्दा २५ केजी देखाउने गरेकाे थियाे ।  स्थानिय कृषकहरु उनले प्रयाेग गर्दै आएकाे तराजु पनि नियन्त्रणमा लिएर गुणस्तर तथा नापताैल कार्यालय वीरगंजलाई बुझाएका छन् ।   

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...