Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

मेयर सिंहद्वारा सरसफाई सम्बन्धी सीपमुलक तालिमको उद्घाटन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरस्तरीय सरसफाई सम्बन्धी सीपमुलक तालिम तथा गोष्ठी सुरु भएको छ । महानगरपालिकाको सहयोगमा नेशनल इम्प्लोयमेन्ट डेभलपमेन्ट सेन्टर प्रा.ली.ले आठ दिने तालिमको आयोजना गरेको हो ।

सरसफाई सम्बन्धी सचेतना फैलाउनुका साथै फोहोरको उचित व्यवस्थापन गरी फोहोरबाट मोहर बनाउने किसिमका सीप सिकाउने अभिप्रायका साथ तालिमको आयोजना गरिएको महानगर प्रमुख राजेशमान सिंहले बताए ।

वीरगंज महानगरलाई सफा र सुन्दर शहर बनाउने महानगरको अभियानलाई सफल बनाउनका लागि फोहोरको सही व्यवस्थापन गर्न सबै सचेत हुनुपर्ने आवश्यक्ता उनले औँल्याए । सरसफाईको क्षेत्रमा परिवर्तन भएपनि पर्याप्त नभएको बताउँदै महानगरले प्राथमिकताका साथ काम गरीरहेको पनि उनले जानकारी गराए ।

अहिलेसम्म भएको कामले आफू सन्तुष्ट नभएको बताउँदै उनले गल्लीगल्लीका सडक एवम् नालाहरुलाई आफ्नै कार्यकालमा पूर्ण रुपमा सफा बनाउने दृढता देखाएका छन् । तालिमले फोहोरबाट मोहर बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।

वीरगंज महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष अजय कुमार बरैले सफा र सुन्दर बनाउने अभियानमा साथ दिन सबैलाई आग्रह गरेका छन् । सबै वडाअध्यक्षहरु सक्रिय भएर आआफ्नो वडालाई सफा बनाएमा महानगर आफै सफा बन्ने बरैको विश्वास छ ।

तालिममा सहभागीहरुलाई नरेश जैसवालले प्रशिक्षक दिइरहेका छन् । तालिमको सहजीकरण आयोजक संस्थाका कार्यक्रम संयोजक सन्दीप तिवारीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...