Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

पर्सागढीबाट कम ताैल गरी मल बिक्री गर्ने सहकारी संचालक पक्राउ

spot_img
spot_img

वीरगंज । कम ताैल गरी मल बिक्री गर्ने एक सहकारीका संचालक पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ८ हरपुरबाट पक्राउ परेका छन् ।

इलेक्ट्राेनिक तराजुलाई नै बनाएर यर्थात ताैल भन्दा कम ताैल गरेर डिएपी मल बिक्री गरिरहेका बनहरबाबा कृषि सहकारी संस्था पर्सागढी नगरपालिका वडा नं. ५ का संचालक विनाेद चाैधरीलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

स्थानियहरुका अनुसार उनले बिक्री गरेकाे ३० किलाे मल अरु तराजुमा ताैल गर्दा २६ केजी मात्र भएकाे पाइएपछि मल लिन पुगेका कृषिकहरु हुहल्ला गर्दै इलाका प्रहरी कार्यालय एकटांगालाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय एकटा‌ंगाबाट पुगेकाे प्रहरीले उनलाई नियन्त्रणमा लिएकाे थियाे ।

उनले प्रयाेग गर्दै आएकाे इलेक्ट्राेनिक तराजुमा १० केजी ताैल गर्दा १३ केजी र २० केजी ताैल गर्दा २५ केजी देखाउने गरेकाे थियाे ।  स्थानिय कृषकहरु उनले प्रयाेग गर्दै आएकाे तराजु पनि नियन्त्रणमा लिएर गुणस्तर तथा नापताैल कार्यालय वीरगंजलाई बुझाएका छन् ।   

 गुणस्तर तथा नापताैल कार्यालय वीरगंजले पक्राउ परेका चाैधरी विरुद्ध मुद्दा चलाउने तयारी गरेकाे गरेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...