Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

प्रभु अस्पतालमा दन्त उपचार सेवा पनि सुरु

spot_img
spot_img

वीरगंज । वीरगंजकाे पानीटंकीमा रहेको प्रभु अस्पतालमा दन्त उपचार सेवा पनि सुरु भएको छ । प्रभु अस्पतालमा स्थापना गरिएको दाँत क्लिनिकको बुधबार उद्घाटन गरिएको छ ।

दाँत क्लिनिकको दन्तरोग विशेषज्ञ डाक्टर मनोज उपाध्यायले उद्घाटन गरेका हुन् । डाक्टर ज्योती गुप्ताले दाँत उपाचारको सेवा दिने प्रभु अस्पतालका संचालक डा. मनोज गुप्ताले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा प्रभु अस्पतालका बरिष्ठ सर्जन डाक्टर मनोज कुमार गुप्ता, प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर लक्ष्मी थापा गुप्ता, वीरगंज ८ का वडा सदस्य गफार मिया, दिलिप राज कार्की,अस्पतालका नर्स र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

अस्पतालमा स्थापना गरिएको दाँत उपचार केन्द्रमा दाँत सम्बन्धि सम्पूर्ण उपचार सेवा उपलब्ध हुने दन्तरोग विशेषज्ञ डाक्टर ज्योति गुप्ताले वताइन ।

त्यस्तै २०८० जेष्ठ भरी नि:शुल्क दन्त परिक्षण र अन्य दन्त चेक जाचमा १५ % छुट हुने जानकारी उनले गराइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...