Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

गणतन्त्र दिवसको अवसरमा पर्सामा दीप प्रज्वलन

spot_img
spot_img

जितेन्द्र यादव /
पाेखरिया । नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ काे १ क्षेत्रिय समितिकाे आयाेजनामा साेमबार सांझ वीरगंजमा दीप प्रज्वलन गरिएकाे छ । १६ ओैँ गणतन्त्र दिवस्को अवसरमा वीरगंजकाे माइस्थान पार्कमा दीप प्रज्वलन गरिएकाे हाे ।

प्रदेश क्षेत्रिय सभापति अनिल कुमार सिंहकाे सभापतित्वमा भएकाे दीप प्रज्वलन कार्यक्रमकाे उद्घाटन प्रदेश सभा सदस्य एवम् कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले गरेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल, वीरगंज महानगरपालिकाका उप मेयर इम्तियाज आलम, मनोजा चौधरी, महमद सहाबुदीन लगायतकाले गणतन्त्रको महत्त्व दर्शाउदै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

दीप प्रज्वलन कार्यक्रममा कांग्रेसका नेता रामनारायण प्रसाद कुर्सी, ध्रुव नेपाल, दिना गुप्ता, रमेश पाण्डे, प्रकाश उपाध्याय, नेतृ किरण शर्मा, प्रिति सिंह, मिन्तु सिंह, मनोजा चौधरी लगायतकाे सहभागीता रहेकाे थियाे ।

यसैगरी पर्साकाे छिपहरमाई गाउँपालिकाकाे वडा नं. ५ भिस्वामा पनि गणतन्त्र दिवसकाे अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएकाे छ । नेवि संघ छिपहरमाई गाउँपालिकाकाे आयाेजना र नेपाली कांग्रेस पर्साका सह सचिव नविन सिंहकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...