Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

मानव अधिकार समाजको चौथाे राष्ट्रिय परिषद बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । स्वतन्त्र मानव अधिकार समाजको चौथाे राष्ट्रिय परिषद बैठक साेमबार वीरगंजमा सम्पन्न भएकाे छ । श्री त्रिजुद्व माहाविर प्रसाद रघुविर राम माध्यमिक विद्यालय वीरगंजमा बसेकाे बैठकले पुन: कृष्ण कुमार खनाल कै सभापतित्वमा २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ ।

नयाँ कार्य समितिकाे उप सभापति नन्दिकिशोर यादव, माहासचिव दिपक साह कानु, सचिव आशिष कुमार, कोषाध्यक्ष उर्मिला कुशवाहा, सह कोषाध्यक्ष राम भराेस यादव लगायतकाे चयन भएका छन् ।

यसैगरी समाजकाे केन्द्रिय सदस्यमा नन्दनी गुप्ता, सीता उप्रेती, रवि परियार, सुवाेध गुप्ता, नितिन शाह, वृजेश टेमानि, अंकित जालान लगायतका चयन भएका हुन् ।

यस अघि बैठकाे उद्घाटन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए । बैठक उद्घाटन गर्दै मेयर सिंहले आम सर्वसाधारणकोको न्यायमा पहुँच न्यून हुँदै गएकोले मानवअधिकारवादीले पीडितलाई न्याय दिलाउन पहल गर्नु पर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर सिंहले राम्रो कामको सहराना र गलत कार्यको बिरोध गर्नु पर्ने आवश्यकता रहेको बताए । उनले वीरगंज महानगरको समग्र विकासमा सबैलाई साथ सहयोग गर्न अपिल समेत गरे ।

मानवअधिकारकाे क्षेत्रमा सहयोग पु-याएकाे भन्दै वीरगंज महानगरपालिकाका मेयर सिंह र वीरगंज वडा नम्बर ५ वडाध्यक्ष प्रदिप कुमार चौरसियालाई समाजले सम्मान र कदर पत्रले सम्मान समेत गरेकाे थियाे

समाजका सभापति खनाल कै सभापतित्वमा भएकाे उद्घाटन समारोहमा वरिष्ठ साहित्यकार नवराज लम्साल, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाली कांग्रेसका प्रकाश उपाध्याय, रेडियाे वीरगंज एवम् टिभि वीरगंजका अध्यक्ष धुर्व साह, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव अमर गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमकाे सहजीकरण पत्रकार धुर्व अधिकारीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...