Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

सिर्सिया नदी सफाई अभियान्ताहरुकाे मन्त्रीसंग अडान, लिखित प्रतिबद्धता चाहियाे

spot_img
spot_img

वीरगंज । वीरगंजकाे सरिस्वा (सिर्सिया) नदीको प्रदूषण र अतिक्रमण नियन्त्रणको माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका अभियन्तासँग उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले भेटेघाट गरेका छन् । 

आइतबार अपरान्ह धर्नास्थलमै पुगेर उद्योगमन्त्री रिजालले धर्नामा बसेकाहरुसँग भेटेर उनिहरुको माग बारे जानकारी लिएका थिए । त्यसक्रममा धर्नामा बसेका चुरे तथा वनजंगल संरक्षण अभियानका अभियन्ताहरुले मन्त्रीलाई लिखित रुपममा ज्ञापनपत्रपनि बुझाए । 

ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले नदिलाई प्रदूषणण र अतिक्रमणमुक्त बनाउने अभियानको माग सम्बोधनका लागि आफू सकरात्मक रहेकाले धर्ना स्थगित गर्न आग्रह गरेका थिए । तर, मन्त्री रिजालको उक्त आग्रह आफूहरुले अस्वीकार गरेको धर्नामा बसेका अभियानका संरक्षक सरोज रायले बताए । 

रायले भने, ‘नदिलाई प्रदूषण र अतिक्रमणमुक्त बनाउनका लागि सरकारले नदि प्रदूषणण नियन्त्रण बोर्ड गठन गरोस् भन्ने हाम्रो मुख्य माग हो । यो माग बारे सरकारले लिखित रुपमा प्रतिबद्धता नजाएसम्म हामीले धर्ना फिर्ता लिँदैनौ भन्ने जवाफ हामीले मन्त्रीज्यूलाई दिएका छौँ ।’ 

सरकारले माग सम्बोधन नगरेसम्म आफूहरुले माइततीघर मण्डलाको धर्ना जारी राख्ने रायले स्पष्ट पारे । उनले सम्भवत मंगलबारका दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर वीरगंजकाे सिर्सिया नदिबाट ल्याइएको प्रदूषित पानी उपहारका रुपमा दिने कार्यक्रम रहेको जानकारी गराए । 

झण्डै तीन दशकदेखि प्रदूषित वीरगंजकाे सिर्सिया नदिलाई प्रदूषण र अतिक्रमण मुक्त बनाउनका लागि सरकारलाई दबाब दिन वीरगंजदेखि पैदलयात्रा गरी काठमाडौँ पुगेका अभियन्ताहरुले माइतीघर मण्डलामा धर्ना सुरु गरेका हुन् ।

जेठ ४ गते वीरगंजस्थित सिर्सिया नदिनको दूषित पानी बोत्तलमा भरेर त्यहिँ दिनदेखि पैदल यात्रा थालेका अभियन्ताहरुले आइतबार ११ औँ दिन काठमाडौँ पुगेर माइतीघर मण्डलामा धर्ना दिएका हुन् । चुरे तथा वनजंगल संरक्षण अभियानको अगुवाईमा आइतबार काठमाडौँ पुगेका करिब २५ जना अभियन्ताहरु दिउँसो १ बजेदेखि धर्नामा बसेको अभियानका संरक्षक रायले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...