Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

लागु औषध चरेशसहित कालिकामाईका पासवान पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरीले पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. १ स्थित नहर सडक खण्डबाट लागु औषध चरेश सहित एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका वडा नं. १ मुडली निवासी २१ बर्षिय अनिल पासवान रहेका छन् ।

प्रहरी चौकी आशवारीबाट खटिएको नियमित चेकिङ्ग टोलीले शंकास्पदरूपमा आएका बिआर२२एटि ८४९८ नम्बरको मोटरसाइकल रोकी माेटरसाइकलमा सवार पासवानलाई चेकजाँच गर्दा उनकाे साथबाट लागु औषध चरेश बरामद भएपछि नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

निजले ढाडमा पछाडी भिरेको झोला भित्र लुकाई छिपाई राखिएको लागु औषध चरेश २० प्याकेट प्रति प्याकेट ५०० ग्रामका दरले जम्मा १० के.जी.लागु औषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

लागु औषध तथा माेटरसाइकल बरामद गरी निजलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरिया पर्सामा ल्याइ थप अनुसन्धान भइरहेकाे उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...