Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

जिल्ला विपद् ब्यवस्थापन समिती पर्साको बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । जिल्ला विपद् ब्यवस्थापन समिती पर्साको बैठक शुक्रबार सम्पन्न भएकाे छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेकाे बैठकले ४ महत्वपूर्ण निर्णय गर्दै सम्पन भएको हाे ।

जिल्ला विपद् ब्यवस्थापन समितीका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले बिगतका निर्णयहरु समिक्षा गर्दै अगामी दिनकाे विपद् जाेखिमलाई ध्यानमा राखेर सम्बद्ध निकायलाई तयारी अवस्थामा रहन निर्णय गरेकाे छ ।

यस बर्षको लागी विवरण अधावधि गरी तयार गरिएको मनसुन पुर्ब तयारी तथा प्रतिकार्य योजना २०८० लाई पनि बैठकले स्वीकृत गरेको छ । यस बर्षमा सम्मपुर्ण निकायले मन्सुन अन्य विपद् जस्तै डुबान, बाढी जस्ता विपद् खोज तथा उद्दार र राहत यसै योजना बमोजिम गर्ने गराउने गरी पनि निर्णय गरेको छ ।

मनसुन पुर्ब तयारी तथा प्रतिकार्य योजना किटानी गरे अनुसार सबै स्थानिय तहहरु, सुरक्षा निकाय लगायतका आफनो जिम्मेवारी निर्वाह गर्ने, जनशक्ति, उपकरण एवम् स्राेत साधनको यथोचित ब्यवस्थापन गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले नेपाली शेना श्रीजंग गणले यहि १४ गते आईतबार देखी २० गते सम्म संचालन हुने विपद् न्युनिकरण तथा अभ्यास मनसुन सम्बन्धी कार्यक्रमको बारेमा जानकारी गराउनुका साथै सबै सुरक्षानिकायं एवम् सरोकार वालाहरुलाई गणद्वारा आयोजित कार्यक्रममा सहभागी हुन समेत आग्रह गरेको छ ।

बैठकमा जिल्ला समन्वय समिती पर्साका प्रमुख अजय सर्राफ, बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेली, सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडयाल, शिव लाम्साल, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, उधोग बाणिज्य संघ पर्साका अध्यक्ष अनिल अग्रवाल, बिभिन्न राजनितीक दलका प्रतिनिधीहरु, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

बैठकमा पर्सा १४ वटा पालिका प्रमुखलाई निमन्त्रण गरिए पनि एक मात्र पालिका प्रमुख आएको र १३ वटा पालिका प्रमुख अनुपस्थित रहेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...