Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

केपी ओली संघियता खारेज गर्ने खेलमा सक्रिय : अध्यक्ष श्रेष्ठ

spot_img
spot_img

वीरगंज । समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय अध्यक्ष शम्भु श्रेष्ठले प्रतिगमनको खतरा अझै नटरेकाे बताएका छन् । वीरगंजमा शुक्रबार बसेकाे समाजवादी प्रेस संगठन नेपाल जिल्ला शाखा पर्साको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले यस्ताे वताएका हुन् ।

उनले एमाले उठाएकाे प्रदेश खारेजीकाे कुरा संघियता खारेजीकाे माग भएकाे वताए । उनले भने “संविधान जारी भएपछि प्रदेश सभाकाे दुई वटा निर्वाचन सम्पन्न भएकाे छ । प्रदेशलाई बलियाे बनाउन भुमिका खेल्नु पर्नेमा एमालेले प्रदेश खारेजीकाे माग गर्नु अराजक्ता हाे ।”

नेकपा एमालेलको बजेट अधिवेशनलाई फेल गर्ने रणनिती रहेको बताउँदै उनले देशमा अस्थिरता सृजना गरी संघियतालाई खारेज गर्ने खेलमा एमालेमा अध्यक्ष केपी ओली लागेको बताए । एमालेको दोस्रो तहका नेताहरुले संघियता खारेज गर्नु पर्छ बोलेको बोली ओली कै रहेको उनकाे भनाई थियाे ।

देशलाई अस्थिर बनाएर संघियतालाई धरापमा पर्ने ओलीको रणनिति रहेको वताउँदै उनले यसको लागि अगामी प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई अगाडी सर्ने तयारीमा रहेको दाबी गरे ।

संगठनकाे केन्द्रिय महाधिवेशन तयारीकाे क्रममा वीरगंज पुगेका अध्यक्ष श्रेष्ठले संगठन गतिशिल बनाउनु पर्नेमा जाेड दिए ।

समावादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा बसेको बैठकमा संगठनका केन्द्रिय उप महासचिव रामकुमार ऐलन, केन्द्रिय सदस्य बृजलाल पासवान, प्रदेश सचिव रमेश सुवेदी, नेकपा एकिकृत समाजवादी पार्टीका बीरगंज महानगर कमिटि अध्यक्ष मनोज चौधरी, संगठन पर्साका सल्लाहकार चन्द्रभुषण साह लगायतको उपस्थिती रहेको थियो ।

वीरगंजस्थित मधुशाला रेस्टुरेन्टमा बसेकाे बैठको सहजिकरण संगठन पर्साका उपाध्यक्ष शम्भु कुमार सुमनले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे एकै दिन दुई छुट्टा कार्यक्रम आयाेजनाले गुटगत संकेत गरेकाे छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...