Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

मन्त्री रिजाल र चिनियाँ राजदूतबीच भेट

spot_img
spot_img

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग चिनियाँ राजदूत चेन सङ्ले भेटवार्ता गरेका छन् । उद्योग मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहायता, सीमा नाका खुलाउने लगायतका विषयमा कुराकानी भएको थियो ।

भेटमा मन्त्री रिजालले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ हुँदै जानेमा आफु विश्वस्त रहेको बताए । चीन विरुद्द नेपाली भूमी प्रयोग हुन नदिने नेपाल नीति रहेको भन्दै मन्त्री रिजालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्थिरता तथा राष्ट्रिय स्वाधिनताको सम्मानका लागि चीन अडिग रहेको प्रति सम्मान समेत व्यक्त गरे । 

नेपालको विकासका लागि चीनको सहयोग र सहकार्यप्रति मन्त्री रिजालले चीनलाई धन्यवाद समेत दिए ।

चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार मुलुक रहेको बताउँदै मन्त्री रिजालले नेपालको कूल वैदेशिक व्यापारको चौध प्रतिशत व्यापार चीनसँग हुने गरेको स्पष्ट पारे । चीनसँगको व्यापारमा नेपालले ठूलो व्यापार घाटा व्यहोरी रहेको स्मरण गराउँदै मन्त्री रिजालले उक्त व्यापार घाटालाई कम गर्नका निमित्त राजदूत चेन सङ् को कार्यकालमा दुई देशबीच सहकार्य हुनेमा बिश्वास व्यक्त गरे । 

मन्त्री रिजालले पारवाहन ढुवानी सम्झौताको कार्यन्वयनका लागि स्थापित संयुक्त परामर्श संयन्त्रको बैठक समेत बस्न नसकेको जनाउँदै मन्त्री रिजालले काठमाडौं र बेइजिङबीच स्थापित उक्त संयन्त्रहरूको बैठक यथाशीघ्र बसी द्विपक्षीय तथा पारवहन व्यापार प्रवर्द्धन तथा सहजीकरण गर्न आग्रह गरे ।

तातोपानी, रसुवा तथा हिल्सा नाका पुनः खुलेर पूर्ण रूपमा सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै मन्त्री रिजालले थप नाका पनि चाँडै सञ्चालनमा ल्याउन पहल गरिदिन आग्रह गरे । मन्त्री रिजालले नेचुङ–लिजी, किमाथाङ्का, ओलाङचुङ्गोला लगायतका सिमा नाका समेत  खोल्नेतर्फ चिनियाँ राजदूत सङ् को ध्यानाकर्षण गराए । 

नेपालको विकासका लागि चीनको सहयोग र सहकार्य प्रति आभार व्यक्त गर्दै मन्त्री रिजालले आगामी दिनमा चीनले अझ बढी विकास सहायता र प्रत्यक्ष बैदेशिक लगानी उपलब्ध गराउने कुरामा आफु विश्वस्त रहेको बताए ।

भेटमा चिनियाँ राजदूत सङ्ले नेपालले सधैँ एक चीन नीतिको समर्थन गर्दै आएकोमा धन्यवाद दिए । द्विपक्षीय सम्बन्ध थप सुदृढ हुंदै जानेमा आफू पनि विश्वस्त रहेको बताउँदै राजदूत सङ्ले विकास सहायता र प्रत्यक्ष बैदेशिक लगानी उपलब्ध गराउने कुरामा चीन सकारात्मक रहेको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...