Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

औषधि तथा बिक्रि प्रतिनिधि संघकाे निर्वाचनमा गाेसाइ नेतृत्वकाे प्यानल विजयी

spot_img
spot_img

वीरगंज । नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ वीरगंज इकाईकाे निर्वाचनमा राम गाेसाइ नेतृत्वकाे प्यानल विजयी भएकाे छ । वीरगंज १४ स्थित पिपरा धर्मशालामा शनिबार भएकाे निर्वाचनमा नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ वीरगंजकाे अध्यक्षमा गाेसाइ सहित उनकाे पुरै प्यानल विजयी भएकाे हाे ।

आइतबार विहान १ बजे सम्पन्न मतगणनाकाे नतिजा अनुसार गाेसाइ ११५ मत ल्याएर विजयी हुँदा उनकाे निकटतम् प्रतिस्पर्धी साैरभ वर्णवालले ९७ मत पाएका थिए ।

त्यसैगरी संघकाे वरिष्ठ उपाध्यक्षमा रमेश गिरि ११६ मत ल्याएर विजयी भएका हुन् । उनकाे निकटतम् प्रतिस्पर्धी रिकेश साहले ९८ मत पाएका थिए । उपाध्यक्षमा अमित कर्ण ११९ मत ल्याएर विजयी भएका हुन् । उनकाे निकटतम् प्रतिस्पर्धी देवेन्द्र लाल कर्णले ९७ मत पाएका थिए ।

त्यसैगरी सचिवमा मौसम राज भट्टराई १११ मत ल्याएर विजयी भएका हुन् । उनकाे निकटम् प्रतिस्पर्धी निखिल साहले १०४ मत पाएका थिए । सहसचिवमा दिपेन्द्र लाल साह ११५ मत र सागर गुप्ताले १०८ मत ल्याएर विजयी भएका हुन् । उनीहरुकाे प्रतिस्पर्धी सुजीत गुप्ताले ८९ मत  र अजय पटेलले ९६ मत पाएका थिए ।

त्यसैगरी संघकाे कोषाध्यक्षमा सेखर पन्जियार १२२ मत ल्याएर विजयी भएका हुन् । उनकाे निकटतम् प्रतिस्पर्धी सूरज सर्राफले ९१ मत पाएका थिए ।  सह कोषाध्यक्षमा बिबेक चौधरी १११ मत ल्याएर विजयी भएका हुन् भने उनकाे प्रतिस्पर्धी बब्लू चौधरीले १०२ मत पाएका थिए ।

 त्यसैगरी संघकाे सदस्यहरु दिपेन यादव ११९ मत, अजित कुसुवाहा ११८ मत, सुनिल मालि ११६, बिकास कुशवाहा ११४ मत र नितेश पटेल १०६ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृत औषधी बिक्री प्रतिनिधि संघका केन्द्रिय अध्यक्ष श्याम मण्डलले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...