Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

इप्रका छपकैयाकाे कार्यक्रममा सय जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । ईलाका प्रहरी कार्यालय छपकैयाकाे आयोजनामा शनिबार वीरगंजमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय छपकैयाका प्रमुख प्रहरी नायब निरीक्षक तेजप्रताप सिंहको अध्यक्षतामा भएकाे कार्यक्रममा एक महिलासहित एक सय जनाले रक्तदान गरेका हुन् ।

रक्तदान गर्नेहरूमा स्वच्छ समाज युवा क्लबका अध्यक्ष भूपेन्द्र पटेल, रञ्जित साह, अखिल पटेल, त्रिलोक प्रताप सिंह, सन्दिप यादव, दीपेन्द्र राउत, सुमन पटेल, श्याम साह, शैलेश साह र सञ्चारकर्मी आनन्द पटेल लगायत रहेका छ्न ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले रक्त दाताहरुलाई रगतको पोका दिएर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले रगतको अभावलाई कम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्ने इलाका प्रहरी कार्यालय छपकैयालाई धन्यबाद समेत दिए ।

कार्यक्रममा परवानीपुर गाउँपालिकाका मेयर प्रत्यासी जसपा पार्टी नेपालका युवा नेता सञ्जु साहले रक्त संचार केन्द्र वीरगंजलाई ११ हजार सहयाेग गरेका थिए । उनले सहयाेग रकम बराबरकाे चेक हस्तान्तरण गर्दै सामाजिक कार्यमा आफ्नो सदैब साथ र सहयोग रहिरहने प्रतिबद्धता जनाए ।

सो अवसरमा इलाका प्रहरी कार्यालय विर्ताक प्रहरी प्रमुख प्रहरी निरीक्षक विदुर सिवाकोटी, बोर्डर आउट पोष्ट श्रीसियाका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र साउद, वीरगंज महानगरपालिका वडा नं १ का वडाध्यक्ष मनोज राउत कुर्मी, नेकपा एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंह, स्वच्छ समाज युवा क्लबका उपाध्यक्ष उमेश साह, सरोज यादव, विभिन्न राजनीतिक दलका स्थानीय नेताहरु, प्रहरी कर्मचारी लगायत स्थानीय युवाहरुको उपस्थिति रहेको थियो ।

इलाका प्रहरी कार्यालय छपकैयामा परिसर मै भएकाे कार्यक्रममा रक्त सञ्चार बिरगंज केन्द्र सौरभ राज पाण्डे नेतृत्वकाे प्राविधिकहरुकाे समुहले प्राविधिक सहयोग गरेकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...