Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

फेटामा पनि सडक अतिक्रमण हटाईदै

spot_img
spot_img

आनन्द पटेल /
परवानीपुर । बाराको फेटा गाउँपालिका वडा नं ३ फेटा बजारमा बिहीबार देखी सडक किनारमा अतिक्रमण गरि बनाइएको घर टहरा भत्काउन शुरु गरिएको छ । गाउँपालिका प्रमुख रुस्तम अन्सारीको निर्देशमा घर टहराहरु भत्काउनु शुरू गरिएको हो ।

सो बजारको सडक फराकिलो गर्न तथा बजारलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको गाउँपालिका प्रमुख अन्सारीले बताए । उनले यो कार्य विगतका गाउँपालिका प्रमुखले गर्ने कार्य भए पनि उनले गर्न नसकेर आफू स्वयम् आफ्नै घर सडक किनारबाट भत्काई खाली गराएको र बाकी स्थानियहरुको घर खाली गरी १ हप्तामा भत्काउन समय दिएको बताए ।

प्रमुख अन्सारीले आफूले निर्वाचनको बेला जनतामा गरेकाे हरेका वाचालाई क्रमश पूरा गर्दै जाने प्रतिबद्धता जनाए । अतिक्रमण खालि गराउने कार्यमा गाउँपालिकाका कर्मचारी, स्थानीय राजनीतिक दलका नेता, समाजसेवी, वडा अध्यक्ष लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...