Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

नेपाल-भारत सम्बन्धलाई नयाँ सिराबाट अघि बढाउनु पर्छ : मन्त्री रिजाल

spot_img
spot_img

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले भारत–नेपाल द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ सिराबाट अघि बढाउनु पर्ने बताएका छन् । बिहिबार वीरगंजमा आयोजित ‘भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३’ लाई सम्बोधन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन् ।

कोरोना संक्रमणले विश्वव्यापी अर्थतन्त्रलाई पारेको असरका कारण दुई मुलुकको विगतको इतिहास, सम्बन्ध र व्यापार गर्ने तरिकाहरूको मूल्याङ्कन र अध्ययन गर्न अत्यन्तै आवश्यक रहेको मन्त्री रिजालले बताए । कोरोना संक्रमणले विश्वव्यापी अर्थतन्त्रमा परेको नकारात्मक असरको बाबजुद पनि नेपाल भारत बिच भएको कारोबार डिजिटलाइजेशन सकारात्मक रहेको मन्त्री रिजालको भनाई थियो ।

दुई देशबिच विभिन्न क्षेत्रहरूमा सहयोग आदानप्रदान हुँदै आएको बताउँदै मन्त्री रिजालले नेपालमा लगानीको सबैभन्दा ठूलो स्रोत भारत रहेको उल्लेख गरे । दुई देश बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउन ‘भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३’ ले महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्री रिजालले बिश्वास व्यक्त गरे ।

सम्मेलनले ऊर्जा, पूर्वाधार, दूरसञ्चार, बैंकिङ, वित्तीय सेवा र बीमा, सूचना प्रविधि जस्ता क्षेत्रहरूमा आपसी सहयोगलाई गति दिने मन्त्री रिजालको विश्वास छ । मन्त्री रिजालले नेपालमा व्यापारको प्रक्रियालाई सरलीकरण गर्ने र दुई मुलुकहरूबीच पारस्परिक लाभ र भविष्यमा सहयोग वृद्धि गर्न प्रमुख चुनौतीहरू पहिचान गरी समाधानका उपायहरू निकाल्न सम्मेलन सफल हुने अपेक्षा गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कोल्हवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३६६ जनाले पाए विशेषज्ञ सेवा

बारा । कोल्हवी नगरपालिकाको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा...

पर्सा–४ का उत्कृष्ट एसईई विद्यार्थीलाई नगद पुरस्कार र सम्मान

वीरगंज । माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका विद्यार्थीहरूलाई प्रतिनिधिसभा सदस्य टेक बहादुर शाक्यले...

ठगी मुद्दाका फरार अभियुक्त गिरधारी कुर्मी पक्राउ

वीरगंज । ठगी सम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका अनुसार जिल्ला पर्सा वीरगंज महानगरपालिका–२४ निवासी...