Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पोखरियामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ८ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी र प्रभु अस्पतालको सयुँक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।

ग्रामिण भेगका महिलाहरुको स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श तथा औषधी वितरण गर्ने अभिप्रायका साथ शिविरको आयोजना गरिएको लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीकी अध्यक्ष सलमा खातुनले जानकारी दिइन् । खातुनका अनुसार शिविरमा स्वास्थ्यको परीक्षण गराएका ग्रामिण भेगका ५०  जना गर्भवती महिलाहरुलाई पोषण सामग्रीसँगै आवश्यक औषधीसमेत उपलब्ध गराइएको थियो । 

शिविरमा बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापाले गर्भवती महिलाहरुको चेकजाँच गर्नुका साथै निशुल्क रुपमा परामर्श पनि दिएकी थिइन् । गाउँका महिलाहरु शहरमा आउन समय नमिल्ने हुँदा क्लबले आयोजना गरेको शिविरबाट ग्रामिण भेगका महिलाहरु लाभान्वित भएको डा. थापाले बताइन् ।

साथै महिलाहरुले आफ्नो समस्यालाई पनि लुकाएर राख्ने र बताउन नसक्दा समस्या झनै बल्झिने हुँदा खुलेर समस्या बताउन पनि उनले बिरामीहरुलाई सचेत गराएकी छिन् । 

उद्योगी बिरेन्द्र कुमार संघाईले शिविरमा सहभागी महिलाहरुलाई पोषण सामग्री उपलब्ध गराउन सहयोग गरेका थिए । 

शिविरमा उद्योगीहरु रमेश अग्रवाल, रामविहारी पाण्डेय, उमेश शर्मा, वडाध्यक्ष किशोरी साह, स्थानीय नेता सुनिल साह, युवा अभियन्ता दिलीपराज कार्की, देवकीनन्दन अग्रवाल लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...