Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पोखरियामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ८ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी र प्रभु अस्पतालको सयुँक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।

ग्रामिण भेगका महिलाहरुको स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श तथा औषधी वितरण गर्ने अभिप्रायका साथ शिविरको आयोजना गरिएको लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीकी अध्यक्ष सलमा खातुनले जानकारी दिइन् । खातुनका अनुसार शिविरमा स्वास्थ्यको परीक्षण गराएका ग्रामिण भेगका ५०  जना गर्भवती महिलाहरुलाई पोषण सामग्रीसँगै आवश्यक औषधीसमेत उपलब्ध गराइएको थियो । 

शिविरमा बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापाले गर्भवती महिलाहरुको चेकजाँच गर्नुका साथै निशुल्क रुपमा परामर्श पनि दिएकी थिइन् । गाउँका महिलाहरु शहरमा आउन समय नमिल्ने हुँदा क्लबले आयोजना गरेको शिविरबाट ग्रामिण भेगका महिलाहरु लाभान्वित भएको डा. थापाले बताइन् ।

साथै महिलाहरुले आफ्नो समस्यालाई पनि लुकाएर राख्ने र बताउन नसक्दा समस्या झनै बल्झिने हुँदा खुलेर समस्या बताउन पनि उनले बिरामीहरुलाई सचेत गराएकी छिन् । 

उद्योगी बिरेन्द्र कुमार संघाईले शिविरमा सहभागी महिलाहरुलाई पोषण सामग्री उपलब्ध गराउन सहयोग गरेका थिए । 

शिविरमा उद्योगीहरु रमेश अग्रवाल, रामविहारी पाण्डेय, उमेश शर्मा, वडाध्यक्ष किशोरी साह, स्थानीय नेता सुनिल साह, युवा अभियन्ता दिलीपराज कार्की, देवकीनन्दन अग्रवाल लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...