Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

शोषण र निरङ्कुशताविरुद्ध पार्टी प्रतिबद्ध छ : अध्यक्ष नेपाल

spot_img
spot_img

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा भएका शोषण, दमन र निरङ्कुशतासँग जुधेर लोकतन्त्रका मूल्य, मान्यता स्थापित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ ।

३०औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा अध्यक्ष नेपालले आज विज्ञप्ति जारी गर्नुहुँदै जनताको लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई समाप्त गर्न कम्युनिष्ट आन्दोलन विसर्जनवादतर्फ उन्मुख भएकाले लोकतान्त्रिक माध्यमबाट सामाजिक न्यायसहितको समाजवादको आधार निर्माण गर्ने उद्देश्यले पार्टी पुनर्गठन गरिएको बताउनुभयो ।

पुष्पलाल श्रेष्ठले कोर्नुभएको जनवादी क्रान्तिको रुपरेखाको उत्तराधिकार ग्रहण गर्दै एकीकृत समाजवादीले यस क्रान्तिलाई उच्चतम लक्ष्यसम्म पु¥याउने सङ्कल्प गरिएको विज्ञप्तिमा उल्लेख छ । विश्वभर रक्षात्मक रहेको कम्युनिष्ट आन्दोलन तत्कालीन समयमा अग्रज नेता मदनकुमार भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादले नेपाली क्रान्तिको मौलिक सिद्धान्तलाई स्थापित गरी अन्तर्राष्ट्रिय तहमा कम्युनिष्ट विचार तथा आन्दोलनलाई उचाइमा पु¥याएको अध्यक्ष नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, सिद्धान्तकार, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको नेतृत्वकर्ता जननेता भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितले पार्टीको विधि विधान, सिद्धान्त, नीति र आदर्शअनुरुप सङ्गठन निर्माणमा गरेको अतुलनीय योगदानको स्मरणका साथै अध्यक्ष नेपालले उहाँहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । रासस

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...