Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरियाकाे प्रमुख प्रशासकिय अधिकृतमा उप सचिव सापकाेटा

spot_img
spot_img

पोखरिया । पर्साको पोखरिया नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा उप सचिव देवेन्द्र सापकोटा हाजिर भएका छन् । साेमबार हाजिर भएका उनलाई नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका थिए ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सप्ताह पहिला नै उप सचिव सापकाेटालाई पाेखरिया नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा सरुवा गरेपनि उनी साेमबार मात्र हाजिर भएका हुन् । उनलाई नगरपालिकाका मेयर प्रधुमन चाैहाले हाजिर गराएका थिए ।

त्यसपछि प्रमुख प्रशासकिय अधिकृत सापकाेटाले जनप्रतिनि तथा कर्मचारीसंग परिचात्मक कार्यक्रम गरेका थिए । परिचात्मक कार्यक्रममा वाेल्दै मेयर चाैहानले केही समयदेखि राेकिएकाे नगरपालिकाकाे काम अब गति लिने वताए । 

प्रमुख प्रशासकीय अधिकृत सापकोटाले आफुले कसैको दबाबमा नपर्ने र विकास निर्माणकाे कामकाज नियम/कानुन अनुसार अगाडी बढाउने वताए ।

मेयर चौहानको अध्यक्षतामा भएकाे परिचात्यमक कार्यक्रममा उप मेयर रूबी कुमारी ठाकुर, वडाध्यक्ष प्रमोद गिरी, केदार महतो चाई, रामप्रवेश प्रसाद चौहान, लक्ष्मण साह कानू, महेंद्र महतो चाई, प्रमानंद प्रसाद पटेल, किशोरी शाह तेली, नौशाद आलम, प्रशासन शाखा तथा शिक्षा शाखा प्रमुख विजय कुमार झा, लेखा शाखा प्रमुख मनदीप महतो, बन्दना खतिवडा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...