Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पाेखरियाकाे प्रमुख प्रशासकिय अधिकृतमा उप सचिव सापकाेटा

spot_img
spot_img

पोखरिया । पर्साको पोखरिया नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा उप सचिव देवेन्द्र सापकोटा हाजिर भएका छन् । साेमबार हाजिर भएका उनलाई नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका थिए ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सप्ताह पहिला नै उप सचिव सापकाेटालाई पाेखरिया नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा सरुवा गरेपनि उनी साेमबार मात्र हाजिर भएका हुन् । उनलाई नगरपालिकाका मेयर प्रधुमन चाैहाले हाजिर गराएका थिए ।

त्यसपछि प्रमुख प्रशासकिय अधिकृत सापकाेटाले जनप्रतिनि तथा कर्मचारीसंग परिचात्मक कार्यक्रम गरेका थिए । परिचात्मक कार्यक्रममा वाेल्दै मेयर चाैहानले केही समयदेखि राेकिएकाे नगरपालिकाकाे काम अब गति लिने वताए । 

प्रमुख प्रशासकीय अधिकृत सापकोटाले आफुले कसैको दबाबमा नपर्ने र विकास निर्माणकाे कामकाज नियम/कानुन अनुसार अगाडी बढाउने वताए ।

मेयर चौहानको अध्यक्षतामा भएकाे परिचात्यमक कार्यक्रममा उप मेयर रूबी कुमारी ठाकुर, वडाध्यक्ष प्रमोद गिरी, केदार महतो चाई, रामप्रवेश प्रसाद चौहान, लक्ष्मण साह कानू, महेंद्र महतो चाई, प्रमानंद प्रसाद पटेल, किशोरी शाह तेली, नौशाद आलम, प्रशासन शाखा तथा शिक्षा शाखा प्रमुख विजय कुमार झा, लेखा शाखा प्रमुख मनदीप महतो, बन्दना खतिवडा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...