Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

आत्मनिर्भरका लागि प्राकृतिक श्रोतको सदुपयोग जरुरी : मन्त्री रिजाल

spot_img
spot_img

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिक पूर्वाधार प्रति सरकार प्रतिबद्ध रहेको बताएका छन ।

मंगलबार मेक इन नेपाल स्वदेशी सम्मेलनको उद्घाटन गर्दै मन्त्री रिजालले लगानी मैत्री औद्योगिक वातावरणको निर्माण, आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिक पूर्वाधार र समृद्धिका लागि प्राकृतिक श्रोतको सदुपयोगको लागि आवश्यक वातावरण बनाउनका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताएका हुन ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय एवम् सहकार्य थप प्रभावकारी रूपमा हुन आवश्यक रहेको बताउँदै मन्त्री रिजालले औद्योगिकरणको उचित विकास बिना दिगो आर्थिक वृद्धि तथा समृद्धि सम्भव नरहने बताए ।

औद्योगिकरणको विकास तथा प्रवर्द्धनका लागि नीतिगत सुधार, आवश्यक वातावरण निर्माण प्रतिस्पर्धात्मक क्षमताको विकास, दक्षता अभिवृद्धि र स्वदेशी वस्तुहरूको उत्पादन उपभोग र निर्यात प्रवर्द्धनको वातावरण निर्माण लगायतका क्षेत्रमा मन्त्रालयले प्रभावकारी भूमिका निभाउने भन्दै मन्त्री रिजालले प्रतिवद्धता ब्यक्त गरे ।

स्वदेशी वस्तुको उत्पादन, प्रवर्द्धन एवम् निर्यात बढाउन गरिनुपर्ने नीतिगत तथा व्यावहारिक पक्षका सम्बन्धमा सम्मेलनबाट आउने सुझावहरू तथा प्रतिक्रियालाई सरकारले गम्भिरतापूर्वक लिने मन्त्री रिजालले स्पष्ट पारे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...