Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

प्रेस युनियन पर्साकाे अध्यक्षमा विजय चाैहान विजयी

spot_img
spot_img

वीरगंज । नेपाल प्रेस युनियन पर्साकाे अध्यक्षमा विजय चाैहान विजयी भएका छन् । प्रेस युनियन पर्साकाे १० औं अधिवेशन अन्तर्गत जिल्ला अध्यक्ष पदकाे लागि साेमबार भएकाे निर्वाचनमा चाैहान २३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी लालकिशाेर सिंहले १८ मत पाएका थिए । 

अध्यक्ष वाहेकाे पदमा निर्विराेध कार्य समितिका पदाधिकारी तथा सदस्यहरु निर्वाचित भएकाे निर्वाचन अधिकृत उदय दास थारुले जानकारी दिए । उनका अनुसार खुल्ला उपाध्यक्षमा क्रान्ति साह, समावेशी उपाध्यक्षमा अलिअसगर देवान, सचिवमा इरफान अलि, सह सचिवमा आरजु देवकाेटा, काेषाध्यक्षमा कपिलदेव यादव निर्विराेध निर्वाचित भएका हुन् ।

यसैगरी खुल्ला सदस्यमा संजय कुमार, राकेश प्रसाद चाैरसिया, जंगबहादुर पटेल, आदिवासी सदस्यमा ओमप्रकाश चाैधरी, मधेशी सदस्यमा हुकुम सिंह राजपुत र अल्पसंख्यक सदस्यमा नुर आलम निर्विराेध निर्वाचित भएका छन् । १५ सदस्यीय कार्य समिति मध्ये वाकी ३ जना मनाेनित गर्ने प्रवधान रहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...