Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

नेकपा एस निकट दलित मुक्ति संगठनको प्रदेश अधिबेशन सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल दलित मुक्ति संगठनको मधेस प्रदेशको दाेस्राे अधिबेशन वीरगंजमा सम्पन्न भएको छ । वीरगंजस्थित नगर सभा गृहमा सम्पन्न अधिवेशनले रामाशिस दासको नेतृत्वमा ५१ सदस्यीय मधेश प्रदेश कमिटी सर्बसहमत चयन गरेको छ ।

प्रदेश कमिटीकाे बरिष्ठ उपाध्यक्षमा कमल राम, उपाध्यक्ष नाथुराम परियार, सनिता कुमारी सदा, सचिवमा रामसरुप राम, उप सचिवमा प्रविन कुमार रजक, आदित्य कुमार रजक, ममता विश्वकर्मा, सदस्यमा शिव कुमार पासवान, शाेभा देवी राम, फुलेना देवी राम, रामबाबु रवि दास, अरुण दास, निर्मल पासवान लगायतका रहेका छन् । 

यसैगरी अधिवेशनबाट पर्सा जिल्ला कमिटीको अध्यक्षमा पुनः सुशील हजरा निर्विरोध निर्वाचित भएका छन् । हजराकाे अध्यक्ष ३१ सदस्यीय जिल्ला कमिटी सर्वसहमतीबाट चयन भएकाे दलित मुक्ति संगठन पर्साका इन्चार्ज बृजलाल पासवानले जानकारी दिए ।

अधिवेशनकाे उद्घाटन नेकपा (एकिकृत समाजवादी) पार्टीका केन्द्रिय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाले गरेका थिए । 

अधिवेशनको उद्घाटन समाराेहलाई सम्बोधन गर्दै नेकपा (एकिकृत समाजवादी) पार्टीका केन्द्रिय अध्यक्ष नेपालले अहिले पनि दलितको नाम मानव मानव बिच भेदभाव छुवाछुत रहेको कुरा दुःखद भएको बताए ।

उनले नेकपा एकिकृत समाजावादी पार्टी दलितको सवालमा बाहिर र पार्टी भित्र पनि समान्ताको अधिकार दिलाउँने पक्षमा रहेको बताए । देशको हिमालदेखि तराई सम्मको सबै दलितहरुको हक अधिकारको सवालमा पार्टी गम्भीर रहेको तथा देशैभरी दलित मुक्ति तथा वर्गिय लडाईको पक्ष विगुल फुकेको बताए ।

अध्यक्ष नेपालले लमो संघर्ष पछि प्राप्त भएको उपलब्धी एक जना संकि तथा स्वेछाचारी व्यक्तको कारण धरापमा परेको टिप्पणी गर्दै अब कसैको पछि लाग्नु नपर्ने बताउँदै नेकपा एकिकृत समाजवादीले सबै दलितहरुलाई देशको संविधानले दिएको हक अधिकार दिलाउँन काम गर्ने बताए । 

अधिवेशन उद्घाटन समाराेहमा नेकपा (एकिकृत समाजवादी) पार्टीका केन्द्रिय सचिव नागेन्द्र चौधरी, नेपाल दलित मुक्ति संगठनका केन्द्रिय अध्यक्ष गणेश विक, पार्टीका पोलिट व्युरो सदस्य रामचन्द्र साह, केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापा, केन्द्रिय सदस्य दिनेश राई, वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, संविधान सभा सदस्य रामअवतार पासवान, पूर्व प्रदेश सांसद रविन्द्र बैठा लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे दलित मुक्ति संगठन पर्साका इन्चार्ज बृजलाल पासवानले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...