Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेकपा एस निकट दलित मुक्ति संगठनको प्रदेश अधिबेशन सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल दलित मुक्ति संगठनको मधेस प्रदेशको दाेस्राे अधिबेशन वीरगंजमा सम्पन्न भएको छ । वीरगंजस्थित नगर सभा गृहमा सम्पन्न अधिवेशनले रामाशिस दासको नेतृत्वमा ५१ सदस्यीय मधेश प्रदेश कमिटी सर्बसहमत चयन गरेको छ ।

प्रदेश कमिटीकाे बरिष्ठ उपाध्यक्षमा कमल राम, उपाध्यक्ष नाथुराम परियार, सनिता कुमारी सदा, सचिवमा रामसरुप राम, उप सचिवमा प्रविन कुमार रजक, आदित्य कुमार रजक, ममता विश्वकर्मा, सदस्यमा शिव कुमार पासवान, शाेभा देवी राम, फुलेना देवी राम, रामबाबु रवि दास, अरुण दास, निर्मल पासवान लगायतका रहेका छन् । 

यसैगरी अधिवेशनबाट पर्सा जिल्ला कमिटीको अध्यक्षमा पुनः सुशील हजरा निर्विरोध निर्वाचित भएका छन् । हजराकाे अध्यक्ष ३१ सदस्यीय जिल्ला कमिटी सर्वसहमतीबाट चयन भएकाे दलित मुक्ति संगठन पर्साका इन्चार्ज बृजलाल पासवानले जानकारी दिए ।

अधिवेशनकाे उद्घाटन नेकपा (एकिकृत समाजवादी) पार्टीका केन्द्रिय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाले गरेका थिए । 

अधिवेशनको उद्घाटन समाराेहलाई सम्बोधन गर्दै नेकपा (एकिकृत समाजवादी) पार्टीका केन्द्रिय अध्यक्ष नेपालले अहिले पनि दलितको नाम मानव मानव बिच भेदभाव छुवाछुत रहेको कुरा दुःखद भएको बताए ।

उनले नेकपा एकिकृत समाजावादी पार्टी दलितको सवालमा बाहिर र पार्टी भित्र पनि समान्ताको अधिकार दिलाउँने पक्षमा रहेको बताए । देशको हिमालदेखि तराई सम्मको सबै दलितहरुको हक अधिकारको सवालमा पार्टी गम्भीर रहेको तथा देशैभरी दलित मुक्ति तथा वर्गिय लडाईको पक्ष विगुल फुकेको बताए ।

अध्यक्ष नेपालले लमो संघर्ष पछि प्राप्त भएको उपलब्धी एक जना संकि तथा स्वेछाचारी व्यक्तको कारण धरापमा परेको टिप्पणी गर्दै अब कसैको पछि लाग्नु नपर्ने बताउँदै नेकपा एकिकृत समाजवादीले सबै दलितहरुलाई देशको संविधानले दिएको हक अधिकार दिलाउँन काम गर्ने बताए । 

अधिवेशन उद्घाटन समाराेहमा नेकपा (एकिकृत समाजवादी) पार्टीका केन्द्रिय सचिव नागेन्द्र चौधरी, नेपाल दलित मुक्ति संगठनका केन्द्रिय अध्यक्ष गणेश विक, पार्टीका पोलिट व्युरो सदस्य रामचन्द्र साह, केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापा, केन्द्रिय सदस्य दिनेश राई, वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, संविधान सभा सदस्य रामअवतार पासवान, पूर्व प्रदेश सांसद रविन्द्र बैठा लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे दलित मुक्ति संगठन पर्साका इन्चार्ज बृजलाल पासवानले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...