Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

बन्द उद्योगहरु संचालनकाे लागि सरकार लागि परेकाे छ : मन्त्री रिजाल

spot_img
spot_img
वीरगंज । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बन्द रहेका सरकारी उद्योगहरु पुन सन्चालनका लागि सरकार लागेकाे बताएका छन् ।
 
साेमबार वीरगंजमा नेपाल प्रेस युनियन पर्साकाे १०ओैं अधिवेशनकाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै मन्त्री रिजालले यस्ताे बताएका हुन् । उनले भने, “बन्द रहेकाे वीरगंज चिनी कारखानासहितका सरकी उद्योगहरु पुन: चलाउनका लागि सरकारले गृहकार्य गरिरहेकाे छ । कुन माेडलमा चलाउने बारेमा छलफल चलिरहेकाे छ ।”
 
नक्कली भुटानी शरणार्थी प्रकरण बारे बाेल्दै रिजालले एमालेकै सरकारका पाला देखि याे भ्रष्टाचार प्रकरण सुरु भएकाे बताए । उनले भने, राम बहादुर थापा बादल गृहमन्त्री भएका बेला प्रधानमन्त्री कुन पार्टीका थिए ? टाेपबहादुर रायमाझी मन्त्री हुदाँ प्रधानमन्त्री कुन पार्टीका थिए ? याे सबैलाई थाहा छ ।
 
नक्कली शरणार्थीका नाममा भएकाे भ्रष्टाचार प्रकरणकाे अनुसन्धानमा अहिलेकाे गठबन्धन सरकारले पुर्ण रुपमा सघाइरहेकाे बताउँदै मन्त्री रिजालले भने, भ्रष्टाचारीलाई कारबाही हुनै पर्छ, सरकारले अनुसन्धानमा कुनै हस्ताक्षेप गर्दैन ।
 
प्रेस युनियनका जिल्ला अध्यक्ष रामनारायण कुर्मीकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहलाई प्रदेशसभा सदस्यद्वय जनार्दन सिंह क्षेत्री, श्याम पटेल, कांग्रेस जिल्ला उपसभापति रामनारायण कुर्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चाैहान, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव अशाेक तिवारी, नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठ, वीरगंज उपमहानगरपालिकाका उपमेयर इम्तियाज आलम, कांग्रेसका जिल्ला सहसचिव नवीन सिंह, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष मनाेज पटेल, प्रेस सेन्टरका जिल्ला अध्यक्ष दिपक गाैतम लगायतले पनि सम्बाेधन गरेका थिए ।
 
आजै सांझ सम्पन्न हुने अधिवेशनले प्रेस युनियन पर्साकाे नयाँ नेतृत्व चयन गर्ने छ । जिल्ला अध्यक्षकाे लागि तीन जनाले दाबी गरेपछि निर्वाचन हुन लागेकाे हाे । १५ सदस्यीय कार्य समिति चयनकाे लागि निर्वाचन प्रक्रिया अगाडी बढी सकेकाे छ । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...