Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

युवालयद्वारा बालविवाह अन्त्य गर्न अभिभावकीय अभिमुखीकरण

spot_img
spot_img

वीरगंज । पर्साको पर्सागढी नगरपालिकाको विभिन्न वडामा बालविवाह अन्त्य गर्न अभिभावकीय अभिमुखीकरण सम्पन्न भएको छ । काठमाण्डौको युवालय भन्ने समाजिक संस्थाबाट संचालित क्रियटीङ सेफ स्पेस फर चिल्ड्रेन कार्यक्रम अन्तर्गत अभिमुखिकरण सम्पन्न भएकाे हाे । 

कार्यक्रममा बालविवाह अन्त्यको लागि अभिभावकको भुमिका र यस कुरुतिबाट हुने विभिन्न किसिमको असर, प्रभाव र यसलाई न्युनिकरण गर्न अभिभावकले खेल्नु पर्ने भूमिकाको विषयमा प्रशिक्षण यस कार्यक्रमका प्रशिक्षक भेष साहले दिएका थिए । 

कार्यक्रम बारे प्रकाश पार्दै युवालय पर्सा जिल्ला संयोजक राहुल साहले बालबालिकाको उज्वल भविष्यको लागि हाम्रो संस्थाले पर्शागढी नगरपालिकाको आठ वटा विद्यालयमा विभिन्न किसिमको विद्यालय स्तरीय कार्यक्रम, शिक्षकलाई तालिम तथा अभिभावकलाई समेत अभिमुखिकरण गराउँदै आएकाे वताए ।

उनले विभिन्न किसिमको अभिमुखीकरण मार्फत जनचेतना जगाउनुका साथै विद्यालयलाई हरित बनाउन वृक्षारोपण कार्यक्रम तथा हरेक विद्यालयमा डस्टविन राख्ने कार्यक्रम समेत हाम्रो संस्थाले गरिरहेको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...