Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

भ्रष्टाचार प्रकरणमा संलग्न सबैलाई कारवाही हुनुपर्छ : अध्यक्ष नेपाल

spot_img
spot_img

वीरगंज । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर अर्को देशको नक्कली पहिचान बनाएर बिदेश पठाउने काम राष्ट्रद्रोही भएको बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपाल पर्साले सोमबार वीरगंजमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा वाेल्दै अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणमा सरकारले चालेको कदमको सराहनिय रहेकाे वताए । उनले देशको मान, सम्मान र मर्यादामा आँच पु¥याउने भ्रष्टाचार प्रकरणमा संलग्न सबैलाई कानुनी कारवाहीकाे दायरामा ल्याउनु आग्रह गरे ।

‘राजनीतिको आडमा ठगी खाने पेशा बनाउनेलाई कुनै पनि हालतमा संरक्षण गरिनु हुन्न, दण्डित गर्नुपर्छ,’ उनले भने, ‘अहिलेसम्म सरकारले जुन कदम चालेको छ, एकदमै सह्रानीय छ । यही कामलाई निरन्तरता दियोस् । अन्तिम समयसम्म पनि सरकारले खुट्टा कमाउनु हुँदैन ।’

उनले सांस्कृतिक एवम् प्राकृतिक सम्भावना तथा वीरहरुको इतिहास बोकेको देशमा अत्यन्तै निन्दनीय काम गर्नु बिडम्बना भएको बताए । उनले दलित भएकै कारण विभेद भोग्नुपरेका अमानवीय घटनामा विभेद गर्नेहरुको अझै चेत नखुलेको बताए ।

समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा एसका केन्द्रीय सचिव नागेन्द्र चौधरी, दलित मुक्ति संगठनका अध्यक्ष एवम् पार्टीका पोलिटब्युरो सदस्य गणेश बिक, केन्द्रीय सदस्य एवम् पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापा, महानगर कमिटी अध्यक्ष मनोज चौधरी, समाजवादी प्रेस संगठनका केन्द्रीय उपमहासचिव रामकुमार एलनलगायतको उपस्थिति रहेकाे थियो ।

वीरगंजस्थित मकालु हाेटलमा भएकाे पत्रकार सम्मेलनकाे सहजीकरण समाजवादी प्रेस संगठन पर्साका उपाध्यक्ष शम्भु कुमार सुमनले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...