Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पूर्व प्रधानमन्त्री नेपाल वीरगंजमा

spot_img
spot_img

वीरगंज । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल वीरगंज आएका छन् । अध्यक्ष नेपाल आइतबार सांझ ५:३० काे विमानले वीरगंज आएका हुन् ।

दलित मुक्ती संगठन मधेस प्रदेशको दोस्रो प्रदेश अधिबेशनमा सहभागि हुन अध्यक्ष नेपाल वीरगंज आएका दलित मुक्ती संगठन पर्साका इन्चार्ज बृजलाल पासवानले जानकारी दिए ।

अध्यक्ष नेपाललाई स्वागत गर्न सिमरा विमानस्थलमा नेकपा (एकीकृत समाजवादी) का नेता नागेन्द्र चाैधरी, किशान श्रेष्ठ, दिनेश राई, बालगाेपाल थापा, किशाेरी कुशवाहा, मनाेज चाैधरी लगायतका पुगेका थिए ।

उनी वीरगंज कै एक हाेटलमा बास बसेका छन् । साेमबार विहान ९ बजे पत्रकारसंग भेटघाट गरि ११ बजेदेखी नगर सभा गृह वीरगंजमा आयाेजना हुने अधिबेशनमा सहभागि हुने कार्यक्रम रहेकाे छ ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...