Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

राउण्ड टेबलकाे आयाेजनामा वीरगंजमा दौड प्रतियाेगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । ‘शिक्षाका लागि दौड’ नाराका साथ वीरगंजमा आयोजित म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । राउण्ड टेबल नेपालद्वारा शनिबार आयोजित ‘वीरगंज म्याराथन – शिक्षाका लागि दौड’ सम्पन्न भएको हो ।

वीरगंजकाे आदर्शनगरस्थित पूरानो बसपार्कबाट सुरु भएको चार किलोमिटर लामो म्याराथनमा नगरका विभिन्न स्थान हुँदै पुन: पूरानो बसपार्क मै पुगेर सम्पन्न भएको थियो ।

म्याराथनमा अमरनाथ साह प्रथम भए । साह सबैभन्दा छिटो सुरुवाती बिन्दूबाट दौड सुरु गरेर पुन: पूरानो बसपार्क पुगेका थिए । उनलाई पुरस्कार स्वरूप १० हजार रुपैयाँ प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।

दौडमा सत्रुधन पटेल दोस्रो र आलोक चन्द्र झा तेस्रो भए । उनीहरुलाई क्रमस ५ हजार र २५ सय रुपैयाँबाट पुरस्कृत गरिएको संस्थाका दिपाल खन्नाले जानकारी दिए । त्यस्तै सान्तावाना पुरस्कार स्वरूप चौथोदेखि आठौँ स्थानमा दौड सम्पन्न गरेका पाँच जनालाई ५ सय रुपैयाँको दरले पुरस्कृत गरिएको उनले बताए ।

विजेताहरुलाई राउण्ड टेबल इन्टरनेशनलका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि जयन्त अग्रवाल, विशिष्ट अतिथि प्रायोजक हिमालयन बैंकका वीरगंज शाखा प्रवन्धक अमर अमात्य, राउण्ड टेबल इन्टरनेशनल आसपा क्षेत्रका प्रमुख सौरभ केडिया, क्षेत्र ३ का संयोजक आरोह मित्तल, वीरगंज फ्रेन्ड्स राउण्ड टेबल – ८ का कार्यक्रम प्रमुख मनिष लाठ लगायतले प्रमाणपत्र र पुरस्कार रासी बराबरको चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जयन्त अग्रवालले शिक्षाका लागि आयोजित दौडको परोपकारी नाराका साथ आयोजित म्याराथनमा वीरगंजवासीले देखाएको सहभागिताबाट आफू उत्साहित भएको बताए । म्यारथन आयोजनाको उद्देश्य शिक्षा मात्र नभएर स्थानीयलाई स्वस्थ रहन सन्देश दिनुपनि रहेको उनको कथन थियो । उनले आगामी दिनमा पनि राउण्ड टेबल नेपालले यस्ता कार्यक्रमको आयोजना गर्दा वीरगंज सहयोगको अपेक्षा गरेको बताए ।

त्यसैगरी विशिष्ट अतिथि हिमालयन बैंकका वीरगंज शाखा प्रवन्धक अमर अमात्यले शिक्षामा योगदान पुर्‍याउने उद्देश्यले आयोजित म्यारथनमा सहयोग गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताए । अमात्याले आगामी दिनमा पनि यस्ता कार्यक्रममा आफ्नो बैंकले निरन्तर सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...