Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026

जितपुरमा पिकअपकाे ठक्करबाट कालिकामाईका नुनियाकाे मृत्यु

spot_img
spot_img

वीरगंज । बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २३ भलुही चाैकमा पिकअपकाे ठक्करबाट बसमा सवार यात्रुकाे आज विहान मृत्यु भएकाे छ । पिकअपकाे ठक्करले बसमा सवार यात्रु पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी निवासी ५२ बर्षिय नागेन्द्र महताे नुनियाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

वीरगंजबाट काठमाडाैंकाे लागि जादै गरेकाे ना ६ ख ९३६१ नम्बरकाे बसमा सवार नुनियाकाे विपरित दिसाबाट आउँदै गरेकाे प्रदेश २ -३ -००१ -च -२४५२ नम्बरकाे पिकअपले ठक्कर दिदाँ मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक पुरुषाेत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

बसमा सवार नुनियाले झ्यालबाट टाउकाे निकालेका कारण र पिकअपकाे गति तिब्र रहेकाेले दुर्घटना भएकाे उनले वताए । यात्रुवाहक बस, बस चालक, ठक्कर दिने पिकअप र पिकअप चालक बाराकाे सिमरा निवासी तिर महमदलाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान भइरहेकाे प्रवक्ता पाण्डले वताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...

वीरगंजकाे रानीघाटबाट प्रदर्शनका क्रममा पक्राउ परेका चारै जना रिहा

वीरगंज । वीरगंजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा शनिबार बिहान पक्राउ परेका हिन्दू सङ्गठनसँग आबद्ध चार जना युवा साँझ रिहा भएका छन्। सुनसरी...