Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

मन्त्री रिजाल र बेलायती राजदूतबीच शिष्टाचार भेट

spot_img
spot_img

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन्। मंगलबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आर्थिक सम्बन्ध तथा विकास सहयोग, व्यापार तथा लगानी लगायत बिषयमा छलफल भएको थियो।

भेटमा मन्त्री रिजालले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोग सह्रानीय रहेको बताउदै आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू विश्वस्त रहेको स्पष्ट पारे । 

नेपाल र संयुक्त अधिराज्यबीच वर्षदेखिको मित्रता रहेको बताउदै मन्त्री रिजालले बेलायती राजदूत निकोलाको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने विश्वास ब्यक्त गरे । 

साथै महामहिम राजदुतको कार्यकाल तथा नेपालको बसाइँ उपलब्धिमुलक र सुखद रहोस् भन्‍ने कामना व्यक्त गरे । मन्त्री रिजालले नेपालका सम्भावनायुक्त क्षेत्रमा बेलायतबाट लगानी बढाउन अपेक्षा ब्यक्त गरे । 

बेलायती लगानीकर्ताहरू नेपालमा मुख्यतया ऊर्जा, सूचना प्रविधि र सेवा क्षेत्रमा लगानी गर्न उत्सुक रहेको स्मरण गराउदै मन्त्री रिजालले नेपालका सम्भावनायुक्त क्षेत्रमा बेलायतबाट लगानी बढाउन र विविधीकरण गर्नको लागि बेलायती राजदूत निकोलाको महत्तम प्रयास रहने अपेक्षा रहेको स्पष्ट पारे ।

भेटका क्रममा मन्त्री रिजालले नेपालले सन् २०२६ सम्ममा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने लक्ष्य राखेको समेत स्मरण गराए ।

नेपालको नवीकरणीय ऊर्जा विकास, जलवायु परिवर्तन सम्बन्धी अनुकूलन र न्यूनीकरण प्रयासहरूमा बेलायत सरकारको सहयोग प्रति मन्त्री रिजालले कृतज्ञता समेत व्यक्त गरे । 

बेलायती राजदूत निकोलाले नेपालको विकासमा बेलायत सरकारको हर सहयोग रहने विश्वास समेत दिलाए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...