Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

चाेर्नीमा उपमेयर आलमद्वारा विद्यालय भवनकाे शिलान्यास

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ३२ मा रहेकाे श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय चोर्निमा मंगलबार दुई काेठे भवन शिलान्यास गरिएकाे छ  । एक कार्यक्रमका बिच वीरगंज महानगरपालिकाका उप मेयर इम्तियाज आलमले विद्यालय भवनकाे शिलान्यास गरेका हुन् । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण हुने भवनकाे शिलान्यास गर्दै उप मेयर आलमले विद्यालयमा थप कक्षाकोठा निर्माण र खानेपानीसहित शाैचालय निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले भने “विद्यालयमा मसंग कुनै किसिमको सहयोग चाहियो भने तपाईहरु प्रत्यक्ष रुपले मसंग भेटि आफ्नो कुरा राख्न सक्नु हुन्छ । सार्वजनिक शैक्षिक संस्थाको भौतिक पूर्वाधार विकास र पुनसंरचना, विद्यार्थीको सिकाइ उपलब्धी स्तर अभिवृद्धि, गुणस्तरीय शिक्षाका लागि नवीन प्रविधि, नवप्रवर्तन तथा सिकाइ सामग्री व्यवस्थापन, प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच अभिवृद्धि र सामुदायिक विद्यालयहरूमा खेल सामग्री व्यवस्थापन गर्ने छुं ।”

उप-मेयर आलमकाे प्रमुख अतिथ्यतामा भएको शिलान्यास कार्यक्रममा वीरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्द लाल कर्ण, शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थ राज यादव, प्रदीप जैसवाल, रामेश्वर पटेल लगायतकाे उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण श्री ने.रा.आ.वि.चोर्नीका प्रधानाध्यापक विजय कुमार यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...