Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

व्यवसायीको समस्याप्रति सरकार गम्भीर छ : उद्योग मन्त्री रिजाल

spot_img
spot_img

वीरगंज । लगानीमैत्री वातावरण निर्माण गर्न उद्योगी व्यवसायीको समस्याप्रति सरकार गम्भीर रहेको उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले बताएका छन् । आइतबार काठमाडौँमा आयोजित नेपाल बिजनेस समिट कार्यक्रममा बोल्दै मन्त्री रिजालले उद्योगी व्यवसायीले झेल्नु परेको समस्या समाधानका लागि ऐन कानुन परिमार्जन गर्नु पर्ने भए यसमा नेपाल सरकार गम्भीरतापूर्वक लाग्ने बताए ।

कृषि, ब्यापार, उत्पादन लगायतमा सरकार निक्कै गम्भीर रहेको स्पष्ट पार्दै मन्त्री रिजालले यसका लागि सरकारलाई आवश्यक सुझाब दिन समेत उद्योगी व्यवसायीलाई आग्रह गरे । कार्यक्रममा बोल्दै मन्त्री रिजालले उद्योग व्यवसाय सबल नभई देश आर्थिक समृद्धि तर्फ जान नसक्ने समेत बताए ।

विदेशी लगानीलाई आकर्षित गर्नका लागि हालसम्म फ्रान्स, बेलायत, मौरिसियस, फिनल्यान्ड र भारत गरी ५ मुलुकहरूसँग विप्पा सम्झौता भएको तथा एघार मुलुकहरूसँग दोहोरो करमुक्तिका लागि सम्झौता भएको मन्त्री रिजालले बताए ।

सरकारले तोकेको क्षेत्रहरूमा स्वचालित प्रणालीबाट रू. १० करोडसम्मको वैदेशिक लगानी गर्ने लगानीकर्ताको विदेशी लगानीको स्वीकृति विद्युतीय माध्यमबाट स्वचालित प्रणालीबाटै हुने व्यवस्था विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०८० मन्त्री रिजाले जानकारी दिए । “लगानीकर्ताहरूका लागि एकै स्थलबाट सबै सेवाहरु प्रवाह गर्न उद्योग विभागमै एकल विन्दु सेवा केन्द्रको स्थापना गरिएको छ,” उनले भने ।

वैदेशिक लगानीको थ्रेसहोल्डलाई ५ करोडबाट घटाई २ करोड बनाइएको उनले जानकारी दिए। नेपालको दिगो अर्थतन्त्रको लागि लगानीमैत्री वातावरण निर्माण गर्दै स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सरकारको प्राथमिकतामा मन्त्री रिजालको भनाइ थियो ।

पोटेन्सियल इन्भेस्टमेन्ट सेक्टर्स अफ नेपाल फर सस्टेनेबल इकोनिमी कार्यक्रमको सेसन मन्त्री रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

पोटेन्सियल इन्भेस्टमेन्ट सेक्टर्स अफ नेपाल फर सस्टेनेबल इकोनिमी कार्यक्रमको सेसन मन्त्री रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...