Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

नेपाली उत्पादनको बजारीकारणका लागि उद्योग मन्त्रालय सदैव लागि पर्ने छ : मन्त्री रिजाल

spot_img
spot_img

वीरगंज । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले स्वदेशी उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न बजेटमा विशेष व्यवस्था गरिने बताएका छन् ।

बिहिबार उद्यमी घरको शुभारम्भ एवं बृहत मेला तथा प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री रिजालले यस्तो बताउनु भएको हो । स्वदेशी उत्पादनको बजारीकारणका लागि उद्योग मन्त्रालय सदैव लागि पर्ने विश्वास दिलाउदै मन्त्री रिजालले बजेटमा स्वदेशी उत्पादनको प्रवर्द्धनलाई विशेष व्यवस्था गरिने बताए ।

मन्त्री रिजालले विदेश भ्रमणका क्रममा नेपालको तर्फबाट लगिने उपहारमा नेपाली उत्पादनलाई नै प्रयोगमा ल्याउन मन्त्रीपरिषदमा समेत पहल गर्ने आश्वासन दिए ।

नेपालि उत्पादन मार्फत नेपाली कला र शैलीलाई अन्तर्राष्ट्रिय जगतमा समेत परिचित गराउन मन्त्री रिजालले उद्यमीहरुलाई आग्रह पनि गरे ।

मन्त्री रिजालले उद्यमी घरले हस्तकला, कृषि तथा नेपालि उद्यमीहरुले गरेका उत्पादनहरुको बृहत प्रदर्शनी गरेर उद्यमीहरु तथा उपभोगकर्ताका लागि प्रसंशनीय काम गरेको वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...